• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दोस्रो देउखुरी व्यापारिक महोत्सवको तयारी तीब्र




शिव राज खनाल
लमही । दाङको लमहीमा यही माघ ५ देखि १७ गतेसम्म सञ्चालन हुने ‘दोस्रो देउखुरी  कृषि, पर्यटन, उद्योग तथा  ब्यापारिक महोत्सव २०८०’को तयारी तीब्र पारिएको छ ।
देउखुरी  कृषि, पर्यटन, उद्योग तथा  ब्यापारिक महोत्सव लमही नगरपालिका वडा नम्बर ५ मा अबस्थित जैविक बिबिधता ग्रीन पार्क परिसरमा संचालन हुनेछ ।

महोत्सव शुरु हुन पाँच दिन बाँकी रहँदा महोत्सवका लागि स्टेज तथा स्टल निर्माणको काम, आन्तरिक तयारी तथा प्रचारप्रसारको कार्य तीब्र रुपमा अगाडि बढाइएको लमही चेम्बर अफ कमर्सका अध्यक्ष सितल भुसालले बताए  । चेम्बर अफ कमर्सका अध्यक्ष भुसालका अनुसार महोत्सवलाई आकर्षक बनाउने  गरी स्टल निर्माण भइरहेको छ ।

महोत्सवमा कृषि, पर्यटन, उद्योग, व्यापारलगायत क्षेत्रका १५० बढि स्टल रहने चेम्बर अफ कमर्सका महासचिव केशव अधिकारले बताए ।  हाल सम्म महोत्सवको करिब ७० भन्दा बढि स्टल बुकिङ्ग भइसकेको मेला ब्यबस्थापक बिनोद बुढाथोकीले जानकारी दिए । महोत्सवमा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवालाई प्राथमिकता दिइने मेला आयोजक चेम्बर अफ कमर्सको भनाइ छ ।

लमही चेम्बर अफ कमर्सको आयोजना र जैविक विविधता ग्रीन पार्कको सह-आयोजनामा महोत्सव हुन लागेको हो ।

Facebook Comments