• २९ आश्विन २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ढुंगा पल्टाउदा तरुल खन्दै गरेका एक पुरुषको मृत्यु




सल्यान । सल्यानमा तरुल खन्ने क्रममा ढुंगा पल्टाउदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका – ७ सोइमबासका अन्दाजी ४२ वर्षीय धनबहादुर आलेको ढुंगाले टाउकोमा चोट लागेर मृत्यु भएको हो।

हिजो शनिबार दिउसोँ करिव साढेँ ३ बजेतिर कालीमाटी गाउँपालिका ६ जुमखोलाका अन्दाजी ४४ वर्षीय घनश्याम घर्तीले – ७ को खारापानी भन्ने जंगलमा तरुल खन्ने क्रममा माथिबाट ढुंगा पल्टाएका थिए। पल्टाएको ढुङ्गाले करिब ५ सय मिटर तल तरुल खन्दै गरेका आलेको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

टाउकोमा चोट लागेका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । प्रहरीले ढुंगा पल्टाउने घनश्याम घर्तीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

Facebook Comments