• १७ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
समृद्धिका लागि विज्ञानलाई आविष्कार र प्रयोगात्मक बनाउनुपर्ने




घोराही । मुलुकको समृद्धि र विकासका लागि विज्ञान विषयलाई आविष्कार र प्रयोगात्मक बनाउनुपर्ने एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।

विज्ञान शिक्षक समाजले घोराही र वंगलाचुलीको विज्ञान शिक्षकहरुको लागि आयोजना गरेको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले विज्ञान विषय समाजलाई जीवन्त बनाउन लाभदायिक भएको बताउँदै यसलाई सिद्धान्तमा मात्र सिमित नगरेर आविष्कार अनि प्रयोगात्मकरुपमा व्यापक प्रयोग गरिनुपर्ने धारणा राखेका थिए ।

शिक्षक श्रीधर कुमार अधिकारीको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि विज्ञान शिक्षक समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विकास गौतम, समाज दाङका अध्यक्ष बसन्ता गौतम, घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन, मावि रझेना व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद गौतमलगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक विष्णु हमालले गर्नुभएको थियो ।

विज्ञान शिक्षक समाज घोराहीको अध्यक्षमा प्रकाश गौतम निर्वाचित हुनुभएको छ । जसको उपाध्यक्षमा बव्लु शर्मा, सचिवमा विष्णु हमाल, कोषाध्यक्षमा शिव भण्डारी, सहसचिवमा यशोदा भण्डारी, सदस्यहरुमा प्रमोद पन्थी, जीवन विसि, सन्तोष कालाथोकी रहनुभएको छ ।

त्यसैगरी विज्ञान शिक्षक समाज बंगलाचुलीको अध्यक्षमा तुल्सी वाग्ले निर्वाचित हुनुभएको छ । जसको उपाध्यक्षमा प्रकाश खनाल, सचिवमा घनश्याम पौडेल, कोषाध्यक्षमा अस्मिता चौधरी, सहसचिवमा सरस्वता कालाथोकी, सदस्यहरुमा जीवछ मण्डल, मिनबहादुर रानामगर, हरिहर अधिकारी रहनु भएको छ ।

Facebook Comments