• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मैत्रीपूर्ण फुटबल प्रतियोगितामा अखिल (क्रान्तिकारी) विजयी




घोराही । एमाले नेता नेत्रलाल अभागीको ७९ औं जन्मजयन्तीको अवसरमा अनेरास्ववियु दाङले आयाेजना गरेकाे मैत्रीपूर्ण खेलमा अखिल (क्रान्तिकारी) ले उपाधि जितेकाे छ ।

जिल्लामा क्रियाशिल विद्यार्थी संगठनहरुबीच मैत्रीपूर्ण फुटवल प्रतियोगितामा अखिल (क्रान्तिकारी) ले उपाधी हात पारेकाे हाे । अनेरास्ववियुका कार्यबाहक अध्यक्ष गणेश खड्काको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोख्रेलले विद्यार्थीहरुका लागि नेत्रलाल अभागी आदर्श नेता भएको चर्चा गर्नुभयो ।

प्रतियोगितामा आयोजक अखिल, क्रान्तिकारी विद्यार्थी संगठन, नेवि संघ, क्रान्तिकारी विद्यार्थी संगठन विप्लबको सहभागिता रहेको थियो । जसमा क्रान्तिकारी विद्यार्थी संगठन प्रथम बनेको छ । पहिलो खेलमा नेविसंघ अनेरास्ववियुलाई १ का विरुद्द २ गोलले बिजयी हुँदै फाइनल प्रबेश गरेको थियो भने दोश्रो खेलमाअखिल (क्रान्तिकारी ) अखिल (क्रान्तिकारी) विप्लव लाई १ का विरुद्द ४ गोलले बिजयी हुदै फाइनल प्रबेस गरेको थियो।

चारटीम सहभागि प्रतियोगितामा नेवि संघले आयोजक अखिललाई र क्रान्तिकारी विद्यार्थी संगठनले विप्लब विद्यार्थी संगठनलाई हराएर फाइनल खेल भएको थियो । जसमा क्रान्तिकारी विद्यार्थी संगठन फाइनलमा नेविसंघलाई ० का बिरुद्द ५ गोलले बिजयी भएको हो ।

Facebook Comments