• १६ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न




कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिकामा बृहत नि:शुल्क स्वास्थ्य  शिविर सम्पन्न भएको छ । बंगलाचुली गाउँपालिका र नेपाली सेना रणसिंहदल गण घोराहीको संयुक्त आयोजना तथा सैनिक अस्पताल नेपालगञ्ज बाँकेका विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा स्वास्थ्य शिविर सम्पन्न भएको हो।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको अध्यक्षतामा बंगलाचुली गाउँपालिकाको वडा नम्बर ३ मा रहेको माध्यामिक विद्यालय मुलाबारी भेडाबारीमा शिवर  सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनले बंगलाचुली गाउँपालिकामा आर्थिक अभावको कारण कोहिपनि उपचारबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यिले गाउँपालिकाले विभिन्न समयमा स्वाथ्य शिविरको आयोजना गरेको बताउनुभएको छ । साथै उहाँले महिलाहरुले आफ्नो रोगहरु नलुकाइ खुलस्थ रुपमा डाक्टरसँग स्वास्थ्य सेवा लिन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसि, बंगलाचुली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शोभाराज विश्वकर्मा,४ का अध्यक्ष डास बहादुर डाँगी, ८ का अध्यक्ष झविन्द्र बहादुर गाहा, सैनिक अस्पताल नेपालगञ्जका कमाण्डर प्राविधिक महासेनानी डाक्टर इन्दु केसी, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका विकास न्यौपाने, नेपाली सेना रणसिंहदल गण घोराहीका प्रमुख सेनानी नरेशभक्त अधिकारी ,मावि मुलाबारी भेडावारीका प्रअ खगराज लम्साल ,वडा नम्बर ३ का सदस्य हरिप्रसाद घर्तिमगर लगायतको उपस्थिती रहेको थियो ।

बंगलाचुली गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का अध्यक्ष शोभाराज बिश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नेब बहादुर केसिले गर्नुभएको थियो ।

शिविरमा मेडसिन,महिलारोग, दन्तरोग, हाडजोर्नि, थाइराइट, सुगरप्रेसर जस्ता रोगहरुको रेडियोलोजिष्ट भिडियो एक्सरे सहित चेकजाँच गरिएको स्वास्थ्य शाखा प्रमुख नेब बहादुर केसिले जानकारी दिनुभयो  ।

Facebook Comments