• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा मेयर कप जारी , वडा १२ र १३ विजयी, २ र ४ बराबरी




घोराही।घोराहीमा जारी छैठौ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा आठौैँ दिन आज भएको खेलमा वडा नम्बर १२, १३ विजयी भएका छन् भने वडा नम्बर २ र ४ ले बराबरी खेलेका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा जारी लिग चरणको खेल अन्तरगत समुह ए मा रहेका वडा नम्बर २ र ४ ले लिग चरणको आफ्नो अन्तिम खेल ४–४ गोलको बराबरी खेल्दै टुंग्याएका छन् । योसँगै दुवै टीमको मेयर कप यात्रा सकिएको छ भने सो समुहका वडा नम्बर १५ र १८ हिजो नै क्वाटर फाईनल प्रवेश गरीसकेका छन् ।

आज दिउँसो भएको समुह बी मा रहेका वडा नम्बर ९ र १३ बीच भएको खेलमा वडा नम्बर १३ ले ७–० गोलको सहज जीत निकालेको छ ।
जारी लिगमा वडा नम्बर ९ ले जीत दर्ता गर्न सकेको छैन भने वडा नम्बर १३ ले एक खेलमा बराबरी र अरु दुई खेल जितेको छ । तर, उसको अर्को चरणको खेल यात्राका लागि वडा नम्बर ६ र १४ बीचको खेलले तय गर्नेछ ।

यसैगरी आज बेलुकी भएको लिग चरणको अर्को खेलमा वडा नम्बर १२ ले वडा नम्बर १९ लाई ५–३ गोल अन्तरले हराएको छ ।
समुह सी मा रहेको वडा नम्बर १२ लाई अर्को चरणमा प्रवेश गर्न आगामी खेल जित्नै पर्ने दवाव छ । सो वडाले वडा नम्बर १ सँग खेल्न बाँकी छ । उता, समुह डी मा रहेको वडा नम्बर १० एक खेल अगावै अर्को चरणमा प्रवेश गरेको छ ।
जारी लिग चरणका खेलमा शुक्रबारसम्म सबै टीमले २३ खेल खेलिसकेका छन् । हालसम्म ९३ गोल भएको नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

पुस २० गतेबाट शुरु भएको मेयर कप फुटबल माघ १३ गतेसम्म चल्नेछ । लिग कम नकआउटका आधारमा खेलाईएको मेयर कप फुटबलमा पालिकाका १९ वटै वडाले भाग लिएका छन् । शनिबार पनि लिग चरणका ३ खेल हुनेछन् । लिग चरणको खेल माघ ६ गतेसम्म हुनेछ । क्वाटर फाईनल माघ ८ र ९ गते हुनेछ भने सेमिफाईनल माघ ११ गते तथा फाईनल खेल माघ १३ गते हुने घोराही नगर स्तरीय खेलकुद विकास समिति संयोजक पुनले जानकारी दिनुभयो ।

Facebook Comments