• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङका सुशान्तको कप्तानीमा लुम्बिनीको टिम घोषणा




दाङ । प्रधानमन्त्री कप पुरुष  क्रिकेट प्रतियोगिताका लागि सुशान्त सिंह थापाको कप्तानीमा लुम्बिनी प्रदेशले टिम घोषणा गरेको छ ।

पुस २८ गतेदेखि काठमाडौंमा हुन लागेको  प्रधानमन्त्री कपका लागि थापाको कप्तानीमा लुम्बिनीले १४ सदस्यीय टोली घोषणा गरेको छ ।

लुम्बिनीको टिम :
सुशान्त सिंह थापा(कप्तान), प्रज्वल थापा, विराट भण्डारी, कृष्ण कार्की, सम्राट भुषाल, मिर्नल गुरुङ, दिल्सान अलि, नर बहादुर सार्की, निर्मल गुरुङ, राहुल चौहान, अभिषेस गौतम, मोहम्मद हुसैन, विरबहादुर मगर, अकिव अहमद रहेका छन् ।

वैकल्पिक खेलाडीकामा बिष्णु कटरिया, रुपेश बस्याल, मोहन  खत्री र  हेमन्त आचार्य रहेका छन् ।

७ टोली सम्मिलित लुम्बिनी प्रदेश स्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीबाट लुम्बिनीको टोली छनोट गरिएको लुम्बिनी क्रिकेट संघका सचिव कैलाश रोकामगरले जानकारी दिनुभएको हो ।

प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानका साथै सिद्धार्थ रंगशाला भैरहवामा हुनेछन् ।

लुम्बिनीले पुस २८ गते भैरहवामा गण्डकी  प्रदेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

 

Facebook Comments