• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमेमा पालिकास्तरीय बृहत कृषि मेला प्रदर्शनी कार्यक्रम समपन्न




रुकुमपूर्व । जिल्लाको भूमे गाउँपालिको केन्द्र खाबाङ बगरमा पालिकास्तरीय बृहत कृषि मेला प्रदर्शनी कार्यक्रम समपन्न भएको छ । बुधबारदेखि सुरुभएको गाउँपालिकास्तरीय बृहत कृषि मेला बिहीबार सम्पन्न भएको हो।

गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठको अध्यक्षता एवं जिल्ला समन्वय समिति प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

किसानले उत्पादन र निर्माण गरेका स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न मेलामा प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, बीउबिजन, बिरुवा तेलहन बाली औजारहरु, हस्तकलाको विभिन्न आकृतीको सामाग्रीहरु बृहत कृषि मेला प्रदर्शनी गरिएको भूमे गाउँपालिको कृर्षी शाखाका अधिकृत सवतन्त्रराज चौधरीले जानकारी दिनुभयो ।

कृषि उत्पादन बढाउन, कृषकलाई व्यावसायिक बनाउन प्रोत्साहन गर्नको लागि यस मेलाले कृषकमा उत्साह थपिएको छ।मेलामा ३ सय ४ जना किसानले कृषि सामाग्री प्रदर्शन गरेका थिए जसमा ५४ जना कृषकहरु छनोटमा परि प्रथम, दोस्रो र तेस्रो स्थान हात पार्ने कृषकरुलाई क्रमश ११/११ जना रहेकोमा २१ जनाले सान्त्वना स्थान प्राप्त गर्नुभएको हो ।

प्रमुख अतिथि जिसस प्रमुख मेघ बहादुर श्रेष्ठले भन्नु भयो विभिन्न सिपकलाहरु दर्जनौ भएकाले सबै तह र निकायहरुबाट प्रचारप्रसार गरि रुकुमपूर्व जस्तो हिमाली जिल्लालाई विश्व भरीनै चिनाउनुपर्ने बताउनुभएको छ ।
भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले गाउँपालिका स्तरीय कृषि मेला कार्यक्रमलाई समापन गर्दै किसान दाजुभाइ दिदिबहिनीहरुको परिश्रम मेहनत बराबरहुने भन्दै पुरस्कार नपाउने कृषकहरू निराश नहुन सबैमा आग्रह गर्नुभएको छ।अध्यक्ष श्रेष्ठले भन्नुभयो कृर्षि उत्पादनलाई प्राथमिकतामा राखेर गाउँपालिकाबाट कृर्षि क्रान्ति गर्ने गाउँपालिकाका अध्यक्ष बताउनु भएको छ।

भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढाले थुप्रै स्थानीय तथा अर्गानिक उत्पादन भएको बताउदै स्थानीय उत्पादन कृषि मेलामा प्रदर्शन भएको बताउनुभएको छ ।त्यस्तै एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख पिताम्वर बस्नेतले विस्तारै रुकुम पूर्व कृषि क्षेत्रमा कृषि उत्पादनमा अघि बढीरहेको र आधुनिकता तर्फ लैजान जरुरी रहेको बताउनुभएको छ ।

भूमे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देविलाल विकको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भूमे गाउँपालिका कृषि नाप्रस शिखर विश्वकर्माले गर्नुभएको थियो भने कार्यक्रममा भूमे गाउँपालिकाका निवर्तमान अध्यक्ष रामसुर बुढा, विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधि, गाउँ पालिकाको शाखाका प्रमुख तथा सबै पालिकाका कर्मचारी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, कृषक तथा सञ्चारकर्मीहरुको आतिथ्यता तथा उपस्थिति रहेको थियो ।

Facebook Comments