• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल टेलिकमले ल्यायो विन्टर अफर




काठमाडौँ। नेपाल टेलिकमले पुष २७ अर्थात आजदेखि लागु हुने गरी विन्टर अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत १९ रुपियाँमा एक दिनका लागि चार सय एमबी डेटा र ३३ रुपियाँमा एक हजार दुई सय एमबी डेटा उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै एक सय नौ रुपियाँमा सात दिनका लागि पाँच जिबी र दुई सय ९८ रुपियाँमा २८ दिनका लागि सात जिबी खरिद गर्न सकिने छ ।

अफर अन्तर्गत ‘स्टे कनेक्टेड प्याक’ मा एक सय नौ रुपियाँमा पाँच दिनका लागि छ जिबी डेटा तथा एक सय ३९ रुपियाँमा छ जिबी डेटा र एक सय ७० रुपियाँमा टेलिकमकै नेटवर्कभित्रका लागि भ्वाइस सुविधा उपलब्ध हुने छ । त्यसै गरी दुई घण्टाको समयावधिका लागि पैँतिस रुपियाँमा अनलिमिटेड प्याक पनि कम्पनीले उपलब्ध गराएको छ । कम्पनीका अनुसार नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने एक जिबी डाटा प्याक पनि निरन्तर रूपमा उपलब्ध हुने छ ।

Facebook Comments