• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा जारी छैंठौ मेयरकपमा वडा नम्बर १०, १७ र १८ विजयी




घोराही ।घोराहीमा जारी छैठौ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा आज भएको खेलमा वडा नम्बर १०, १७ र १८ विजयी भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा जारी लिग चरणको आज भएको खेलमा वडा नम्बर १० ले वडा नम्बर ५ लाई ४–०, वडा नम्बर १७ ले वडा नम्बर ३ लाई ४–० तथा बेलुकी भएको अर्को खेलमा वडा नम्बर १८ ले वडा नम्बर १५ लाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

योसँगै समुह ए बाट वडा नम्बर १८ अपराजित हुँदै समुह विजेतका रुपमा अर्को चरणमा प्रवेश गरेको छ । पराजित भएको वडा नम्बर १५ उपविजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ । वडा नम्बर १० र १७ पनि एक खेल अगावै अर्को चरणमा प्रवेश गरेको छ ।
आज बेलुकी वडा नम्बर १५ र १८ बीच भएको खेलमा ७ जनाले पहेँलो कार्ड व्यहोरेका छन् । जस अनुसार, वडा नम्बर १८ का कोच विजय घर्तीसहित सो टोलीका खेलाडीहरु स्वदेश बुढा, क्षितिज बेल्बासे, सुवास थारुले पहेँलो कार्ड व्यहोरेका छन् भने वडा नम्बर १५ का बादल योगी, प्रतीक रोका, सुशील बानियाँले पनि पहेँलो कार्ड व्यहोरेका छन् ।

निकै प्रतिष्पर्धात्मक खेलमा वडा नम्बर १५ ले १–० को अग्रता बनाएपनि पुनरागमन गर्दै वडा नम्बर १८ ले लगातार ३ गोल गर्दै जीत आफ्नो पक्षमा पारेको हो ।
योसँगै जारी खेलमा बुधबारसम्म सबै टीमले २० खेल खेलि सकेका छन् । हालसम्म ७० गोल भएको नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

पुस २० गतेबाट शुरु भएको मेयर कप फुटबल माघ १३ गतेसम्म चल्नेछ । लिग कम नकआउटका आधारमा खेलाईने मेयर कप फुटबलमा पालिकाका १९ वटै वडाले भाग लिएका छन् । लिग चरणको खेल माघ ६ गतेसम्म हुनेछ । क्वाटर फाईनल माघ ८ र ९ गते हुनेछ भने सेमिफाईनल माघ ११ गते तथा फाईनल खेल माघ १३ गते हुने घोराही नगर स्तरीय खेलकुद विकास समिति संयोजक पुनले जानकारी दिनुभयो ।

Facebook Comments