• १ कार्तिक २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा हालसम्म १८ वटा मुद्दा दर्ताः घरायसी झगडाका धेरै




मधुसुदन गिरी
कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिकामा चालु आर्थिक बर्ष २०८०/०८१ को हाल सम्म १८ वटा मुद्धा दर्ता भएको छ । गाउँपालिकाको न्यायिक समितिमा चालु आर्थिक बर्षको हालसम्म १८ वटा मुद्धा दर्ता भएको न्यायिक समितिका सदस्य गणेश विश्वकर्माले जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिकाको दोस्रो गाउँसभाको हिउँदे अधिवेशनमा न्यायिक समितिको प्रगति सम्बन्धि विधेयक २०८० प्रस्तुत गर्दै न्यायिक समिति सदस्य विश्वकर्माले सो जानकारी दिनुभएको हो । न्यायिक समितिमा दर्ता भएका १८ मुद्धा मध्ये सबै भन्दा धेरै घरायसी झगडा सम्बन्धि ९ वटा मुद्धा रहेका छन । जसमा तिन वटा मेलमिलापबाट मिल्ने भएको छ भने एक वटा अदालतमा पठाइएको र ५ वटा छलफलकै क्रममा रहेको सदस्य विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक लेनदेन सम्बन्धि तिन वटा मुद्धा दर्ता भएका छन जसमा एकवटा तारेखमा छडिएको र दुइवटा मिलापत्र भएको छ ।यस्तै झाराखारा सम्बन्धि एक वटा मुद्धा दर्ता भएको र त्यो पनि मिलापत्र भइसकेको उहाँले जानकारी दिनुभयो ।

यस्तै उहाँका अनुसार प्रधानाध्यापक सम्बन्धि एक वटा मुद्धा दर्ता भएकोमा त्यो पनि मिलापत्र भइसकेको छ । लैङ्गिक हिंसा सम्बन्धि एकवटा दर्ता भएकोमा त्यो पनि मिलापत्र भइसकेको छ । जग्गा सम्बन्धि दर्ता भएका २ वटा मुद्धामा दुइवटै छलफलमा रहेको छ । र गालिगलौज सम्बन्धि एकवटा मुद्धा हाल छलफलकै क्रममा रहेको न्यायिक समितिका सदस्य विश्वकर्माले जानकारी दिनुभयो ।

Facebook Comments