• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढी – ८ मा वडास्तरीय भलिबल प्रतियोगिता सुरु




कमल खड्का
रोल्पा । रुन्टीगढी गाउँपालिका वडा नं ८ ले बुधबार वडास्तरीय भलिबल खेल उद्घाटन कार्यक्रम गरेको छ । “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराको साथमा खेलकुद आयोजना गरिएको हो ।
यस वडा मा भलिबल प्रतियोगिता पहिलो पटक गरिएको हो । वडा न ८ मा खेल र खेलाडीको बिकास गर्ने उदेश्यले २०८०।८१ को बाषिक स्वीकृत कार्यक्रम अनुसार खेलकुद आयोजना गरिएको हो ।

खेल मैदान अभावका कारणले वडामा राखिनुपर्ने खेल वडा न ८ को खसगोरी खेलमैदानमा राख्न बाध्य भएको वडा अध्यक्ष तुलसी पुनले बताउनुभयो । यो भन्दा पहिले सरकार चलाएका जनप्रतिनीधीहरुले यस वडालाई खेल क्षेत्रमा अगाडी लैजानु पर्छ भन्ने सोच राखेर खेल क्षेत्रको बिकास गरे भए अहिले यस खालको समस्या आउने थिएन उहाँले भन्नुभयो ।

त्यस्तै यस वडा खेलकुद, शिक्षा, स्वास्थ्य,क्षेत्र लगाएत बिभिन्न विकास हिसाबले पनि पछि परेको र बिकट वडा भएकोले यस वडालाइ अन्यवडासंग सगै लैजानु पर्ने भएको गाउँपलिका अध्यक्ष जनक पुनले बताउनुभयो ।

पुर्व जनप्रतिनीधीहरुले यस वडामा खासै चासो नदेखाएको हुदा यो देढ वर्षको अबधी सम्म गाउँपालिकामा भएको बिभिन्न खेलकुदहरुमा यस वडाबाट कुनै पनि खेलाडी सहभागी नभएको कुरा निकै दुखद पक्ष भएको उहाँले बताउनु भयो । आगामी दिनमा यस वडामा पनि खेल क्षेत्रको विकास गरि खेलाडीलाइ अन्य वडा सरह प्रतिस्पर्धामा उतार्ने लक्ष्य रहेको अध्यक्ष पुनले बताउनुभयो ।

कार्यपालिका रेस्मा बहकरीको स्वगत मन्तव्यबाट सुरुभएको कार्यक्रमको अध्यक्षता वडा नं ८ अध्यक्ष तुलसी पुन प्रमुख अतिथी गापा अध्यक्ष जनक पुन, बिशिष्ट अतिथी एकिकृत नेकपा माओवादी पार्टी लुम्बीनी प्रदेश कमिटी सदस्य गोबिन्द पुन रहनु भएको थियो भने कार्यक्रमको सहजिकरण वडा सचिव हस्त दर्लामीले गर्नु भएको हो ।

Facebook Comments