• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मेयरकपमा वडा नम्बर १, ६ र १६ विजयी




घोराही।घोराहीमा जारी छैठौ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा बुधबार भएको खेलमा वडा नम्बर १, वडा नम्बर ६ र १६ विजयी भएका छन् । तीन वटा खेलमा कुल १७ गोल भएका छन् । घोराही १८ नवलपुर फुटबल मैदानमा जारी लिग चरणको बुधबार भएको पहिलो खेलमा वडा १ ले वडा १९ लाई ३–२ गोलले हराएको छ ।

वडा नम्बर १ का लागि बिमल कामीले २ गोल र शिरि कुवरले १ गोल गर्नुभयो । उता, वडा नम्बर १९ का कप्तान मौसम थापाले फ्रि कीकमार्फत दुई गोल गर्नुभयो ।

यसैगरी, दोश्रो खेलमा वडा १६ ले वडा ११ लाई ४–३ गोलले हराएको छ । उक्त खेलमा वडा नम्बर १६ का लागि रक्षिक रोकाले २ गोल तथा जलन चौधरी र कमल डाँगीले १–१ गोल गर्नुभयो । यसैगरी, वडा नम्बर ११ का किरण नेपाली, विक्रम परियार र दीपक गुरुङले १–१ गोल गर्नुभयो ।

तेश्रो खेलमा वडा ६ ले वडा ७ लाई पनि ३–२ गोलले पराजित गरेको छ । वडा नम्बर ६ का लागि विराज परियारले २ गोल गर्दा सुरेन्द्र भण्डारीले १ गोल गर्नुभयो । वडा नम्बर ७ काल लागि एन्जस रोका र ईश्वर बुढाथोकीले १–१ गोल गर्नुभयो । योसँगै जारी खेलमा बुधबारसम्म सबै टीमले १७ खेल खेलि सकेका छन् । हालसम्म ५८ गोल भएको नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

पुस २० गतेबाट शुरु भएको मेयर कप फुटबल माघ १३ गतेसम्म चल्नेछ । लिग कम नकआउटका आधारमा खेलाईने मेयर कप फुटबलमा पालिकाका १९ वटै वडाले भाग लिएका छन् । लिग चरणको खेल माघ ६ गतेसम्म हुनेछ । क्वाटर फाईनल माघ ८ र ९ गते हुनेछ भने सेमिफाईनल माघ ११ गते तथा फाईनल खेल माघ १३ गते हुने घोराही नगर स्तरीय खेलकुद विकास समिति संयोजक पुनले जानकारी दिनुभयो ।

Facebook Comments