• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङविरुद्धको एक दिवसीय सिरिज कर्णालीद्वारा क्लिन स्विप




दाङ । दाङको घोराहीमा रहेको गुलरिया क्रीकेट ग्राउन्डमा २३ गते देखि सुरु भएको दाङ कर्णाली  तिन खेलको एक दिवसीय सिरिज क्लिन स्विप पर्न सफल भएको छ ।
आज भएको अन्तिम खेलमा कर्णाली प्रदेश ५ विकेटले विजयी भएको छ ।

टस जितेर ब्याटिङ रोजेको दाङले २२.५ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ५२ रन बनाउन सफल भएको थियो ।  किशन भारतीले ११ रन बनाउनु बाहेक अरुले दोहोरो अंक समेत छुन सकेनन् भन्ने चार जनाले खाता सम्म खोल्न सकेनन्।

५२ रनमा रोक्न कर्णालीका बलर विपिन प्रसाद शर्माले ३ ओभर नै मेडन बलिङ गर्दै ३ विकेट लिउन सफल भएका भन्ने  दिवान पुन २ विकेट हात पार्न सफल भएका थिए ।

५३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको कर्णाली प्रदेश १४.१ ओभर खेल्दै ५ विकेटको क्षतिमा  लक्ष्य  भेटाउन सफल भएको हो ।

कर्णालीलाई जित दिलाउन  राजेश खड्काले ३१ बलको समान गर्दै एक चौकाको मद्दतले २२ रन बनाएका थिए भन्ने  दाङका बलर सुजल वलीले ६ ओभर बलिङ गर्दै २० रन दिएर ३ विकेट हात पारेका थिए  ।

कर्णालीले पहिलो खेलमा  १३ रनले जितेको भएको थियो दोस्रो खेल ४ विकेट जित्न सफल भएको दाङ जिल्ला क्रीकेट संघका सचीव सन्जु केशिले जानकारी दिए ।

Facebook Comments