• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती इन्जिनियरिङ कलेजमा शिक्षण सिकाई सम्बन्धी अन्तरक्रिया कार्यक्रम




घोराही । राप्ती इन्जिनियरिङ कलेजमा शिक्षण सिकाई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डा. शैलेन्द्र गिरीले विद्यार्थीहरुका बीचमा सामाजिक र अन्य क्लबहरुको प्रयोग गरेर नियमित रुपमा विद्यार्थी शिक्षकको सामुहिक अन्तरक्रियाको माध्यामबाट शिक्षण सिकाईलाई प्रभावकारी रुपमा आगडि बढाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले आफु जापानको शैक्षिक भ्रमणमा रहदा र विश्वविद्यालयको अवलोकन गर्दा हासील गर्नुभएको अनुभव विद्यार्थीलाई पस्कनु भएको थियो । राप्ती इञ्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले गुणस्तरिय शिक्षण सिकाईमा विद्यार्थीहरुको भूमिको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

साथै डा. गिरीले विद्यार्थीहरुले आफ्नो समग्र विकासको लागि आफु नै अग्रसर भएर लाग्न सके मात्र लक्ष्य प्राप्त गर्न सकिने कुरामा जोड दिनु भयो । बिई सिभिल र विसिए कार्यक्रममा अध्ययरत विद्यार्थीहरु अध्यापन गराउने शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण कलेजका निर्देशक मधुसूदन बैद्यले गर्नुभएको थियो ।

जापानको टोकियो स्थित एभरेष्ट इन्टरनेश्नल स्कुल र राप्ती इन्जिनियरिङ कलेज बीच एक आपसमा शैक्षिक अनुभव, ज्ञान, सीप र विद्यार्थी आदानप्रदान, सांस्कृतिक आदानप्रदान, अनुसन्धानमा सहयोग र भाषा शिक्षालाई अगाडि बढाउने गरी सम्पन्न भएको समझदारी पत्र कलेजका प्रिन्सिपल रेशम गिरीलाई कलेज संचालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले हस्तान्तरण गर्नु भएको थियो ।

 

Facebook Comments