• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
`नतिजा सुधार गर्न स्वयम् विद्यार्थी, अभिभावक र शिक्षकको भूमिका महत्वपूर्ण´ : अध्यक्ष पुन




कमल खड्का
रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका -१ रिठाबोटमा रहेको नेपाल राष्ट्रिय माविले अर्ध वार्षिक नतिजा सार्वजनिक गरेको छ । विद्यार्थीको नतिजा तथा पढाइ कमजोर भएकोले सुधार गर्ने उद्देश्यकासाथ नतिजा सार्वजनिक गरेको हो ।

अर्ध वार्षिक परीक्षा भई सक्दा समेत नतिजामा सुधार आउन नसकेकाले नतिजा सुधार गर्न के गर्न सकिन्छ भन्ने विषयमा विद्यालयले अन्तरक्रिया कार्यक्रम समेत गरेकाे छ । विद्यालयका विद्यार्थी, शिक्षक, बिद्यालय व्यवस्थापन समिति, अभिभावक , तथा सरोकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवं  रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले नतिजा सुधार गर्न स्वयम विद्यार्थी, अभिभावक र शिक्षकको भुमिका महत्वपुर्ण हुने बताउँदै सुधार गर्न अनुसासन पालना गर्नुपर्ने बताउनुभयो । विद्यालयमा शिक्षक कति बेला आउने ,विद्यार्थी कतिबेला आउने कुराको पनि ख्याल गरि अभिभावकले मेरो बच्चा बच्ची विद्यालय गयोकी गएन भनेर निग्रानी गरेमा मात्र सुधार हुने कुरा बताउनुभयो । विद्यालयको प्रशासन समेत कडा भयो भने मात्र पढाइ गुणस्तर हुने कुरा समेत उल्लेख गर्न भयो । “यस वर्ष देखि विद्यालयको नतिजा खस्कियो भने कारवाही र नतिजा राम्रो भयो भने हौसला दिइने ” उहाले बताउनुभयो ।

जति प्रयास गर्दा समेत नतिजा शुन्य तथा विद्यालयको पढाइमा सुधार हुन नसकेपछि कसरी सुधार गर्न सकिन्छ भनेर अन्तरक्रिया गरिएको हो । विद्यालयका प्रअ झग्गु वलीले “हामीले हर प्रयास गर्दा पनि विद्यार्थीको पढाइ सुधार गर्न सकेनौ हामी प्रयासरत छौ तर शिक्षाको अबस्था भने सुधार हुन सकेन” । नतिजा सुधार गर्न अभिभावक पनि ठुलो भुमिका तथा जिम्वारी हुन्छ तर अभिभावाक आफ्नो वालबालिकाप्रति खासै गम्भीर नदेखिएको उहाँले बताउनुभयो । कक्षा ८ र एसइइमा नियमित उर्तीण हुने बिद्यार्थीलाइ होस्टेल फि नलिने समेत उहाँले घोषणा गर्नुभयो ।

विव्यस अध्यक्ष बाग्दल डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन , अतिथीमा वडा नं १ का वडा अध्यक्ष थम बहादुर घर्ती , तथा राजनितिक दलका प्रतिनीधीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजिकरण प्रअ झग्गु बलीले गर्नु भएको हाे ।

Facebook Comments