• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मेयर कप फुटबल प्रतियोगिता जारी




घोराही । घोराहीमा जारी छैठौ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा आज भएको खेलमा वडा नम्बर १०, वडा नम्बर १८ र १४ विजयी भएका छन् । घोराही १८ नवलपुर फुटबल मैदानमा जारी लिग चरणको आज भएको पहिलो खेलमा वडा १० ले वडा ८ लाई ४–० गोलले हराएको छ ।

यसैगरी, दोश्रो खेलमा वडा १८ ले वडा ४ लाई ४–० गोलले हराएको छ भने तेश्रो खेलमा वडा १४ ले वडा ९ लाई पनि ४–० गोलले पराजित गरेको छ । योसँगै जारी खेलमा आजसम्म सबै टीमले १४ खेल खेलि सकेका छन् भने हालसम्म ४१ गोल भएको नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

जारी लिगमा वडा नम्बर १० र १४ अर्को चरण प्रवेश नजिक पुगेका छन् । यी दुवै टीमले दुई खेलै जीत निकालेका छन् भने वडा नम्बर १८ ले १ खेलमा बराबरी र आजको खेलमा जीत निकालेको छ ।

पुस २० गतेबाट शुरु भएको मेयर कप फुटबल माघ १३ गतेसम्म चल्नेछ ।

लिग कम नकआउटका आधारमा खेलाईने मेयर कप फुटबलमा पालिकाका १९ वटै वडाले भाग लिएका छन् । लिग चरणको खेल माघ ६ गतेसम्म हुनेछ ।

क्वाटर फाईनल माघ ८ र ९ गते हुनेछ भने सेमिफाईनल माघ ११ गते तथा फाईनल खेल माघ १३ गते हुने घोराही नगर स्तरीय खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

Facebook Comments