• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जलजला सहाकारीले दियो गरिब र जेहेन्दार बिद्यार्थीलाई पोसाक




दाङ । घोराही स्थित जलजला बचत ऋण तथा सहकारी संस्थाले गरिब,अनाथ तथा जेहेन्दार विद्यार्थीलाई पोसाक बितरण गरेको छ । सहकारी संस्थाको १६ औ स्थापना दिबसका अबसरमा पोसाक बितरण गरेको हो ।

घोराही उपमहानगरपालिका १४ स्थित बालविकास माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका करिब २१ जना बिद्यार्थीलाई करिब २९ हजार बरावरको स्कुल पोसाक वितरण गरिएको संस्थाका अध्यक्ष दिलकुमारी बुढाले जानकारी दिनुभयो । सहकारी संस्थाले आर्थिक अबस्थाक कमजोर भएका गरिब,अनाथ तथा जेहेन्दार विद्यार्थीलाई सहयोग प्रदान गरिएको जानकारी दिनुभयो ।

सहकारी संस्थाका सल्लाहकार पूर्णकुमारी पुनले विद्यार्थीलाई पोसाक हतान्तरण गर्नु भएको थियो ।पुनले बिपन्न समुदायले पोसाक पाउँदा दैनिक स्कुल जान सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम संस्थाका अध्यक्ष दिलकुमारी बुढाको अध्यक्षमा सम्पन्न भएको थियो ।

Facebook Comments