• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा अल्फा दाङको सानदार प्रदर्शन




दाङ । भारतको कोलकत्तामा यही जनवरी ६ र ७ गते सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दाङको अल्फा तेक्वान्दो डोजाङले उत्कृष्ट सफलता हासिल गरेको छ ।

कृष्णपुर तेक्वान्दो एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा नेपाल, भारत, बंगलादेश तथा भुटानका गरी करीब ५ सय खेलाडीको सहभागिता रहेको थियो । भारतको कोलकत्तामा सम्पन्न प्रतियोगितामा पुरुष स्वोत्कृष्ट फाइटर अल्फका विरेन्द्र डाँगीसहित रिमोट झाक्रि,कमल क्षेत्री,कृष्ण मगर,रोजित खड्का,युवराज वली र सागर चौधरी गरी कुल ७ स्वर्ण,टाइसन विष्ट रजत तथा सौरभ परियारले काष्य पदक हासिल गर्न सफल भएका छन् ।

मुख्य प्रशिक्षक सुनिता विष्टका अनुसार नेतृत्व गरेको टोलीले तेक्वान्दोमा निरन्तर सफलता पाइरहेको छ । प्रशिक्षक बिष्टले विभिन्न चुनौतिका बाबजुद आफ्ना खेलाडीहरुबाट प्राप्तहुने यस्ता सफलता र उपलब्धीले सबै दु:ख बिर्सियर अझ अगाडि बड्न प्रेरणा मिल्ने समेत बताउनुभयो ।

Facebook Comments