• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली गाउँपालिकाको हिउँदे अधिवेशन पुस २५ गते हुने




कमिरेचौर । बंगलाचुली गाउँपालिकाको हिउँदे अधिवेशन यही पुस २५ गते हुने भएको छ । बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको आज वसेको बैठकले हिउँदे अधिवेशनको मिति तय गरेको हो ।


गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा बसेको बैठकले हिउँदे अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिनुभयो ।

मुख्यगरी गाउँसभाले आर्थिक ऐन २०८० को संसोधन तथा वडा बाट सिफारिस भएका योजनाहरुको संसोधन गर्ने कार्यसुचि रहेको प्रवक्ता विश्वकर्माले जानकारी दिनुभयो ।

गाउँकार्यपालिकाको वैठकमा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल लगाएतका कार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको थियो ।

Facebook Comments