• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन पुस २६ गतेदेखि शुरु हुने




तुल बहादुर कवँर मगर
दाङ । राप्ती गाउँपालिका दाङको दाेस्राे गाउँसभाको चाैथाे अधिवेशन (हिउँदे अधिवेशन) यही पुस २६ गते देखि शुरु हुने भएको छ ।

राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बैठककाे निर्णय अनुसार पुष २६ गते बिहान ९ बजे अधिवेशनको मिति तय गरिएकाे हाे ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले हिउँदे अधिवेशन सम्पन्न गर्ने निणर्य गरेको गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनुभयो ।
मुख्यगरी गाउँसभाले आर्थिक ऐन २०८० को संसोधन तथा वडा बाट सिफारिस भएका योजनाहरुको संसोधन गर्ने कार्यसुचि रहेको प्रवक्ता चाैधरीले जानकारी दिनुभयो ।

गाउँकार्यपालिकाको बैठकमा गाउँपालिका उपाध्यक्ष कमलापती चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली लगाएतका कार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको थियो ।

Facebook Comments