• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कोइलाबास नाका पूर्ण रूपमा संचालनमा ल्याउन अध्यक्ष जोशीको पहल




दाङ। नेपाल–भारत सिमाअन्तर्गत रहेको जिल्लाको प्रमुख कोइलावास नाका पूर्ण रुपमा सञ्चालनमा ल्याउन दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त जोशीले पहल थालेका छन् ।

जिल्लाको प्रमुख नाका रुपमा रहेको काइलावास नाकालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउँदै जिल्लाको उद्योग व्यवसायको प्रवद्र्धनका  लागि दाङ जिल्ला उद्योग बाणिज्य संघले पहल थालेको दाङ देउखुरी विकास सरोकार समितिका संयोजक समेत रहेका अध्यक्ष जोशीले बताए । जसअन्तर्गत अध्यक्ष जोशीले कोइलावास भन्सार कार्यालयका प्रमुख दीपक शर्मासँग गएको शनिवार भेटघाट एंव छलफल गरेका छन् ।

कुनै समय नेपालको छैठौं ठुलो नाका रुपमा रहेको कोइलाबास  पछिल्लो समय सुनसान जस्तै रहेको र यसलाई चलाएमान बनाउनका लागि पूर्ण रुपमा नाकालाई सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए । ‘अहिले उक्त नाका खण्डहर नाका जस्तै भएको छ ।  छोटी भन्सार जस्तै  रहेकाले २५  हजार रुपैयाँसम्म मात्रै सामान आयत हुने गरेको छ । जस्ले गर्दा व्यवसायीहरुलाई समस्या हुनका साथै नाका चलाएमान हुन सकेको छैन’,अध्यक्ष जोशीले भने,‘नाकालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउँदै उद्योग व्यवसायको प्रवद्र्धन गर्न सवैको ध्यान जान आवश्यक छ ।’

त्यसका लागि नेपाल सरकार परराष्ट्रमन्त्री र भारत सरकारको परराष्ट्रमन्त्रीसंग भेटघाट गर्दै कोइलावास नाकामा प्लान्ट क्वारेन्टाइन, एनिमल क्वारेन्टाइन र फुड क्वारेन्टाइनलगायतका आवश्यक संरचना स्थापनाका लागि पहल थाल्ने छलफल भएको उद्योग बाणिज्य संघ दाङका अध्यक्ष जोशीले बताएका छन् । हाल उक्त भन्सारमा सामान सुन्ने आयत रहेको छ भारतबाट सामान आयात गर्दा भारतको कस्टमले रकम असुली गर्दा समस्या आइरहेको समेत भन्सार प्रमुख दिपक शर्माले बताए ।

अहिले खण्डहर अवस्थामा रहेको उक्त नाकामा आर्थिक बर्ष २०७९/०८० मा सोचेकोभन्दा बढी राजस्व संकलन भएको थियो । करिव ३० लाख बराबरको लक्ष्य लिएको कार्यालयले १ करोड राजश्व संकलन गरेको भन्सार प्रमुख  शर्माले बताए ।

अध्यक्ष जोशीका अनुसार कोइलाबास नाका पूर्ण रुपमा संचालनलगायत समग्र दाङको विकासका लागि पहल गर्न आज मंगलवार दाङ जिल्ला उद्योग बाणिज्य संघको टोली काठमाडौं जान थालेको बताए । काठमाडौंमा दाङ जिल्लाको प्रतिनिधित्व गर्ने जनप्रतिनिधि,विभिन्न पार्टीका नेता, सञ्चारमन्त्री, परराष्ट्रमन्त्रीलगायतकालाई भेट्ने  कार्यक्रम रहेको उनले बताए ।

काठमाडौंबाट फर्के पछि कोइलाबास नाका प्रमुख र भारतको तुलसीपुरमा रहेका उद्योग बाणिज्य संघसंग दाङ देउखुरी विकास सरोकारमा रहेका सम्पुर्ण उद्योग बाणिज्य संघ, नागरिक समाज, सरोकारवाला सहित माघ महिनामा भेटघाट गरि उक्त नाकालाई कसरी चलाएमान बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष जोशीले  बताए।

Facebook Comments