• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रियसभा निर्वाचन, लुम्बिनीमा दुई सिटका लागि सातको उम्मेदवारी




घोराही । राष्ट्रियसभाको रिक्त हुने दुई सदस्यका लागि लुम्बिनी प्रदेशमा पाँच पार्टीबाट सात जनाको उम्मेदवारी परेको छ । निर्वाचन कार्यातालिका अनुसार सोमवार घोराही उपमहानगरपालिका–१५ स्थीत निर्वाचनअधिकृतको कार्यालयमा पुगेर लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट दुई जना, नेकपा एमाले पार्टीबाट दुई जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना र जनमत पार्टीबाट एक जना गरेर सात जनाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

जसअनुसारमा महिला सदस्यमा तीन जना र अन्यमा चार जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभएको छ । उहाँका अनुसार महिला सदस्यमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट बिष्णुकुमारी सापकोटा, नेकपा एमालेबाट तुलसा केसी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिजयालक्ष्मी सिंहको उम्मेदवारी परेको छ । सापकोटा गुल्मी, केसी दाङ र सिंह कपिलबस्तु निवासी हुनुहन्छ ।

त्यसैगरी अन्यमा सत्ता गठबन्धनकातर्फ नेकपा माओवादी केन्द्रका रोल्पाका झक्कुप्रसाद सुवेदी, नेकपा एमालेबाट पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु निवासी निरञ्जनकुमार थापा र जनमत पार्टीबाट नवलपरासी पश्चिम निवासी बालगोविन्द चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत पाण्डेले जानकारी दिनुभएको छ । उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय विहान १० बजेदेखि दिउँसो ३ बजेसम्मलाई समय निर्धारण गरेको छ ।

 

Facebook Comments