• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वको भूमेमा झोलुंगे पुलको उद्घाटन




रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिकामा निर्माण भएको ३ सय ६६. ९० मिटर लम्बाई र ११० टन क्षमता भएको लामो झोलुंगे पुल आईतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। भूमे गाउँपालिका वडा नं. ४ साकिम देखि वडा नं. ५ को डालिबाङ जोड्ने लामो झोलुंगे पुलको भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले उद्घाटन गर्नु भएको हो।

सहरी विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विभाग भित्रको सस्पेन्सन व्रिज डिभिजन सिस्मिरे पुलको मुक्ति नाथ एमपि कन्ट्रसन जेभि कम्पनीले पुल निर्माण गरेको हो।

पुल निर्माण कम्पनीले काम सम्पन्न गरेपछि उद्घाटन गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यो पुल निकै लामो र धेरै उचाई भएकाले पुलको क्षेत्र वरीपरी थप पूर्वाधारको निर्माण र सुरक्षात्मक तरिकाले घेराबार गरेपछि पर्यटकीय दृष्टिकोणको पनि प्रचुर सम्भावना रहेको बताउनु भएको छ ।यि यस्तै कुराहरुबाट पर्यटक भित्र्याउन थप पहल हुने पनि उहाँको भनाइ छ।साकिमबाट डालिबाङ पुग्न पैदल डेढ घण्टा लाग्ने भए पनि पुल निर्माण भएपछि १५ मिनेटमा छोटिएकोले स्थानीय नागरिक खुशी भएका छन्।

वडाहरुमा विकासको काममा बाधा र चुनौतीहरुलाई चिर्दै दिगो विकासमा लागि परिरहेको वडा नं. ४ को वडा अध्क्षय स्याम प्रसाद बुढाले बताएका छन ।आवत जावतमा सहजता ल्याएको वडाध्यक्ष बुढाले बताएका छन् ।

यस्तै वडा नम्बर ५ को वडा अध्क्षय टेक प्रसाद बुढाले भन्नु भयो पुल निर्माणसँगै घण्टौँ समय लगाएर आवतजावत गर्नुपर्ने बाध्यता अन्त्य भएको छ। स्थानीयवासीलाई आवतजावतमा सहजता हुनाका साथै पुल लामो र अग्लोसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न मद्दत पुग्ने उहाको भनाईर रहेको छ।

वडा नम्बर ४ को वडा अध्यक्ष स्याम प्रसाद बुढाको अध्क्षयता सुरु भएको उक्त पुल उट्घाटन कार्यक्रममा प्रमुख अतिथी भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, वडा नं. ५ को वडा अध्यक्ष टेक प्रसाद बुढा, भूमे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत देवीलाल विक, गाउँपालिकाका सव ईन्जिनियर सन्तोष घर्ती, भूमे गाउँपालिका रोजगार सेवा केन्द्रका रोजगार सहायक चन्द्र रसाईली लगायत स्थानीय नागरिकहरुको उपस्थिति रहेको कार्क्रमको सन्चालन ४ नं. वडाका सचिव दुर्गा पुनले गर्नुभएको थियो।

Facebook Comments