• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
छैठौं घोराही मेयर कप आज तेस्रो दिन, २ खेलमा विजयी र एक खेल बराबारी




दाङ । घोराहीमा जारी छैठौं संस्करणको मेयर कप  फुटबलको तेश्रो दिन आज भएको खेलमा वडा नम्बर ६, १७  विजयी भएका छन् भने वडा नम्बर ५ र १६ ले बराबरी खेलेका छन् । घोराही १८  नवलपुर फुटबल  मैदानमा आज वडा  नम्बर ६ र ९ बिचको खेलमा वडा नम्बर ६ ले ३–० गोलले जित निकालेको छ । ६ वडाका रुपेश घर्तीले २ गोल गर्नुभयो भने सुरेन्द्र भण्डारी १ गोल गर्नुभयो ।

दिउँसो भएको अर्काे खेलमा वडा नम्बर १७ ले वडा नम्बर १९ लाई २–० गोलले हराएको छ । वडा नम्बर १७ का हेमन्त बिक र युवराज राना मगरले १–१ गोल गर्नुभयो ।

लिग चरणकै अर्को खेलमा वडा नम्बर ५ र वडा नम्बर १६ ले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । पहिलो हाफ गोलरहित भएको खेलमा दोश्रो हाफमा दुवै टीमले २–२ गोल गरे । २–० ले पछि परेको वडा नम्बर ५ ले पुनरागमन गर्दै लगातार दुई गोल गरेपछि खेल बराबरीमा सकिएको हो । वडा नम्बर १६ का जलन चौधरी र कमल डाँगीले गोल गर्दा वडा नम्बर ५ का सुजन बिकले २ गोल गर्दै टीमलाई हारबाट जोगाउनुभयो । भोलिपनि लिग चरणका ३ खेल हुनेछ ।  पुस २०  गतेबाट शुरु भएको मेयर कप फुटबल  माघ १३ गतेसम्म चल्नेछ ।

Facebook Comments