• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्याब्सन दाङकाे ३३ ओैँ स्थापना दिवस : नेतृत्व विकाससम्बन्धी प्रशिक्षण




दाङ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङले ३३ ओैँ स्थापना दिवसका अवसरमा सहायक प्रधानाध्यापक र काेअर्डिनेटरलाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएकाे छ ।

दाङकाे घाेराहीमा एक कार्यक्रमकाे आयोजना गरी प्याब्सन दाङले सहायक प्रधानाध्यापक र काेअर्डिनेटरहरूका लागि नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएकाे हाे ।

कार्यक्रममा प्याब्सन केन्द्रीय सचिव तथा शैक्षिक अभियन्ता यादव गिरीले ` तपाईंले नेतृत्व गरेकाे बाटाेकाे पुन: कल्पना ´ , कमल सिलवालले `सञ्चारकाे शक्ति´ डिआर भण्डारीले `नेतृत्व´ र निमानन्द गैरेले `शैक्षिक सुधारमा सहायक प्रधानाध्यापककाे भूमिका´ विषयमा प्रशिक्षण दिएका थिए ।

प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीकाे अध्यक्षता तथा केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे सहजीकरण प्याब्सन दाङका उपाध्यक्ष एवम् तालिम संयाेजक राजु यादवले गरेका थिए ।

Facebook Comments