• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी नेताले सम्झे माले गाउँको इतिहास




घोराही । नेकपा माओवादी केन्द्रका घोराही नगर समिति सल्लाहकार दिलबहादुर तिवारीको स्मृतिमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । घोराही १ मालेमा आयोजित सो कार्यक्रममा नेकपा माओवादी केन्द्र दाङका नेताहरुले तिवारीको योगदानसँगै माले गाउँको ऐतिहास सन्दर्भको चर्चा गरेका थिए ।

पार्टी केन्द्रीय सदस्य एवं दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यले माले गाउँसँग माओवादीको सम्बन्ध २०५५ सालदेखि रहेको बताउनुुभयो । २०५५ सालमा दाङ–सल्यान–प्युठानको संयुक्त जिल्ला समितिको बैठक मालेमा भएको स्मरण गर्दै उहाँले यो गाउँमा माओवादी कार्यकर्ताको रुपमा सबैभन्दा पहिला आफू पुगेको बताउनुभयो ।

‘त्यसबेलादेखि यो गाउँ र क. दिलबहादुरसँग सम्बन्ध सुरु भएको हो’– इञ्चार्ज आचार्यले भन्नुभयो– ‘बाटो, बिजुली र खानेपानीको आवाज उठाउने दिलबहादुरको पहलमा यहाँ विकास भएको हो । पछिल्लो समयमा रुपान्तरण अभियानका क्रममा सम्बन्ध थप मजबुत भएको छ । यो एतिहासिक गाउँको एतिहासिकतालाई नयाँ पुस्ताले थप स्थापित गर्नुपर्छ ।’

नेकपा माओवादी केन्द्र घोराही १ का वडा अध्यक्ष भिमसेन बुढाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला संयोजक तुलसीराम पुन, केन्द्रीय जनसस्कृतिक बिभाग सदस्य रामप्रसाद जैसी, नेकपाका केन्द्रीय सदस्य यमलाल पूँजाली, माओवादी केन्द्रका प्रदेश सदस्य प्रमिता चौधरी, नगर सचिव भागिदास थारु, प्रेस सेन्टरका केन्द्रीय अनुशासन समिति सदस्य पुरण शर्मा र वाइसिएलका नगर अध्यक्ष कुशल बुढाले तिवारीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन लेखा रानाले गर्नुभएको थियो ।

Facebook Comments