• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी) सिटिईभिटी उपत्यका जिल्लाको दोस्रोपूर्ण बैठक, यस्ता छन् बैठकका निर्णय ?




काठमाडौं । अखिल (क्रान्तिकारी) सिटिईभिटी उपत्यका जिल्ला समितिको दोस्रो पूर्ण बैठक विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। काठमाडौं बालाजु स्कूल अफ ईन्जिनियरिङ एण्ड टेक्नोलोजीको अडिटरियम हलमा शुक्रबार सम्पन्न संगठनको बैठकले २३ औं राष्ट्रिय सम्मेलन सफल बनाउन चारवटै इलाकामा व्यवस्थित अभियान सञ्चालन गर्ने लगायतका निर्णयहरु गरेको छ ।

बैठकले सिटिईभिटी उपत्यका जिल्लालाई चारवटा इलाकामा बिभाजन गरि इलाका इञ्चार्ज तोकेको छ । जसमा इलक १ मा उपाध्यक्ष शुरेस सी, इलाका २ मा सचिव रुप सी, इलाका ३ मा सह-सचिव कल्पना सी र इलाका ४ कोषाध्यक्ष नवीन सीलाई इञ्चार्जको जिम्मेवारी दिएको संगठनले जनाएको छ ।

त्यसैगरी सचिवालय र जिल्ला सदस्यसहित ओभरल जिल्ला अध्यक्षले समन्वयको कार्यविभाजन गरि २३औँ राष्ट्रिय सम्मेलनलाई भब्य रुपमा सफल बनाउनका लागि लागि चारवटै इलाकामा ब्यवस्थित अभियान संचालन गर्दै शैक्षिक संस्थामा भएका विकृति र विसंगति बिरुद्ध संघर्ष गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरु भएको संगठनले जानकारी दिएको छ ।

बैठकमा मन्तव्य राख्दै प्रमुख अतिथि संगठनका केन्द्रिय कार्यालय सदस्य तथा बागमती कमाण्ड इन्चार्ज मदन सीले नेपाली समाजको चित्रण गर्दै व्याप्त विकृतिका विरुद्ध डटेर सामना गर्नसके समाजवादको उपभोग गर्नसक्ने बताए । उनले समाजवादी शिक्षाको महत्व र सान्दर्भिकता दर्साउदै समाजवादी शिक्षा प्राप्त गर्नका निम्ति आम विद्यार्थी अखिल (क्रान्तिकारी) मा गोलबन्द हुन जरुरी रहेको बताउदै २३औँ राष्ट्रिय सम्मेलनमा समाजवादी शिक्षाका सन्दर्भमा प्राविधिक शिक्षा पढ्दै गरेका युवा विद्यार्थीले पनि घनिभुत छलफलमा भागलिन आह्वान गरे ।

विद्यार्थीको मुख्य कार्यभार अध्ययन रहेको र समाज रुपान्तरणका लागि क्रान्ति र परिवर्तनको पक्षमा भाग लिनुपर्ने भन्दै देशको कुरुप राजनीतिक आचरण बदलेर युवा विद्यार्थीले देश र समाजको जिम्मा लिनेबेला भएको हुँदा त्यसका लागि आन्दोलित हुनुपर्ने इञ्चार्ज मदनको भनाइ थियो ।

त्यस्तै संगठनका केन्द्रिय सचिवालय सदस्य तथा सिटिईभिटी ब्युरो इन्चार्ज डिबी सीले प्राविधिक शिक्षालाई शैक्षिक माफियाले लुटको स्वर्ग बनाइरहेको बताउँदै निम्न बर्गका छोराछोरीले पढेर रोजगारीमा जोडिएर परिवारयापन गर्नेलाई राज्यले झन लुटिरहेको भन्दै यस्का विरुद्धमा संघर्ष गर्नुको अर्को बाटो नभएको बताए । मन्तव्यकै क्रममा प्राविधिक शिक्षा पढिरहेका विद्यार्थी आफ्मो हक र  अधिकारका निम्ति विद्रोह आफैबाट सुरु गर्नुपर्ने र त्यस्को नेतृत्व संगठनले गर्ने बताए।

सिटिईभिटी का कलेज संचालकहरुले विद्यार्थीलाई ड्रेस, क्यान्टिक, पुस्तकालय, धरौटी जस्ता कुराहरुमा अत्याधिक पैसा असुलेको र अतिरिक्त क्रियाकलाप नबनाउने संस्था प्रती संगठनले संघर्ष गर्ने बताए। त्यस्तै परीक्षा, परिक्षाफल प्रकाशन, विषय बिग्य प्रशिक्षक, प्रयाप्त सिकाई सामग्री, संस्थामा डि आइको अराजकता, सेती प्राविधिक शिक्षालयको विषय लगाएतका विषयमा सिटिईभिटी केन्द्रिय कार्यालयमा संघर्ष गर्ने बताउदै आम विद्यार्थी संगठनको झण्डामुनी गोलबन्द हुन अनुरोध गरेका थिए।

यस्तै संगठनमा केन्द्रिय सदस्य तथा बझाङदिप  क्याम्पसका स्वबियु सभापति  तथा मध्य कमाण्ड अन्तर्गत २३औँ राष्ट्रिय सम्मेल विषेश अभियान अन्तर्गत सिटिईभिटी, विश्वविद्यालय अभियानका सदस्य कमल सीले खाडिमा दुख कष्ट गरिरहेको युवाको जिवनमा आधारित एक मुक्तकबाट आफ्नो मन्तब्यको सुरुवात गरि स्वबियुको महत्व र विद्यार्थीको दायित्वका विषयमा आफ्नो धारणा राखेका थिए।

त्यस्तै अतिथि संगठनका केन्द्रिय सदस्य प्रजित सी र केन्द्रीय सदस्य तथा पोखरा विश्वविद्यालय उपत्यका जिल्ला समिती अध्यक्ष सबिन सीले मन्तव्य राखेका थिए। जिल्लाका पदाधिकारी र उपस्थित जिल्ला सदस्यहरुले आफ्नो कलेज र कार्यक्षेत्रको रिपोर्टिङ राख्ने क्रममा हरेक शैक्षिक संस्था हरुले विद्यार्थीलाई अबैध रुपमा लुटिरहेको भन्दै संगठनको पहलमा यस्ता फटाहा शैक्षिक संस्थालाई ठेगाना लगाउनु पर्ने र त्यस्कालागी संगठनलाई आम विद्यार्थीले साथ दिने बताएका थिए।

बैठकमा पदाधिकारीसहित १२ सदस्यीय जिल्ला सचिवालयको निर्माण भएको थियो । जसमा महेश सी, शुरज सी, कबिराज सी, सुशील सी, संदेश सी, फिरोजा सी र  दिपेश सी रहेका छन्।

करिब तीन सय प्रतिनिधि, पर्यवेक्षकको सहभागितामा जिल्लाको आठौँ जिल्ला सम्मेलन सम्पन्न भएको थियो। उक्त सम्मेलनबाट बालकेस सीको नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति चयन भएको नवनिर्वाचित जिल्ला समितिका सचिव रुप सीले जानकारी दिइन् ।

उक्त बैठकको अध्यक्षता र संचालन जिल्ला अध्यक्ष बालकेस सीले गरेका थिए।

Facebook Comments