• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सञ्चारकर्मी जीएमद्वारा जन्मदिनमा बौद्धिक अपाङ्ग बालबालिकालाई सहयोग




दाङ । घोराही बाट संचालित  राजमार्ग अनलाइनका सम्पादक दिपक जीएमले शनिवार आफ्नो जन्मदिनको अवसरमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहयोग गरेका छन ।

घोराही उपमहानगरपालिका वडा नम्वर १४ मा रहेको बालमन्दिर प्राथमिक विद्यालयका बौद्धिक अपाङ्गता भएका बालबालिकालाई जन्मदिनको अवसरमा विभिन्न सहयोग सामाग्री सहयोग गरेका हुन ।

मानव र मानवताको धर्मअनुसार दिनदुखीलाई सहयोग गर्ने उद्देश्यका साथ जन्मदिनमा सहयोग गरेको उनले बताए । जिएमले बौद्धिक अपाङ्गता भएका विद्यार्थिलाई विगत लामो समयदेखी आफ्नो जन्मदिन र आमाको पुन्यतिथीको अवसरमा विद्यालयलाई सहयोग गर्दै आएका छन ।

उनले बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागी यसपटक २० थान सिरकका खोल, २० थान सिरानीका खोल र ३० थान फ्रुटी सहयोग गरेका हुन । जिएमले विद्यालयका प्रधानाध्यापक विष्णु भण्डारीलाई सहयोग सामाग्री हस्तान्तरण गरेका थिए । प्रधानाध्यापक भण्डारीले सामाज सेवासँग आफुलाई जोडेर बिद्यालयमा आई जन्मदिनमा सहयोग गरेकोमा धन्यवाद दिए ।

Facebook Comments