• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
छैठौं  घोराही मेयर कप: दोस्रो दिन वडा १० र १२  विजयी, वडा १८ र २ बराबरी




घोराही । घोराही १८ नवलपुर खेल मैदानमा हिजोबाट शुरु भएको छैठौं संस्करणको मेयरकपको दोस्रो दिनको पहिलो खेलमा  वडा नम्बर १० र  वडा नम्बर ११ विच भएको खेलमा २ को विरुद्ध ७ गोलले वडा नम्बर १० विजयी भएको छ ।

वडा नम्बर १० लाई विजयी बनाउनका लागि सगर पुन र मधुसूदन बस्नेतले २-२ गोल गरेका थिए भने  सन्जय बस्नेत, आदित्य केसी र मनु न्यौपानेले समान एक एक गोल गरेका थिए  । वडा नम्बर ११ तर्फबाट सान्त्वना २ गोल  किरण  नेपाली गरेका थिए ।

आज नै भएको दोस्रो खेल वडा नम्बर  १२ र १ बिच भएको थियो उक्त  खेलमा १ को विरुद्ध २ गोलले वडा नम्बर १२ लाई जित दिलाउन नविव बुढा र सुन्दर विकले समान एक -एक गोल गरेका थिए भने वडा नम्बर १ बाट बासुदेब रावलले १ गोल गरे पनि टिमलाई हार बाट बचाउन सकेनन् ।

आजको अन्तिम खेल वडा नम्बर १८ र २ भएको थियोे जस्मा निकै नै प्रतिस्पर्धा भएको खेलमा दुबै टिमबाट गोल हुन नस्के पछी बराबरी खेल्दै अंक बाड्न बाध्य भएका हुन ।
लिग कम नकआउटका आधारमा खेलाईने मेयर कप फुटबलमा पालिकाका १९ वटै वडाले भाग लिएका छन् । चार समुहमा विभाजन गरिएको खेलमा हरेक दिन ३ वटा खेल हुनेछ ।

लिग चरणको खेल माघ ६ गतेसम्म हुनेछ । क्वाटर फाईनल माघ ८ र ९ गते हुनेछ भने सेमिफाईनल माघ ११ गते तथा फाईनल खेल माघ १३ गते हुने छ ।

Facebook Comments