• २१ आश्विन २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा माछा मार्ने क्रममा एक जनाको  मृत्यु




श्रवण कुमार यादव
राजपुर। दाङको राजपुर गाउँपालिकाको राप्ती नदिमा माछा मार्ने क्रममा गए राती एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा राजपुर वडा नम्बर ६ गंगदीका ४० वर्षीय शुकदेव चौधरी रहेका छन्। राप्ती नदिमा माछा मार्ने क्रममा उनकोे गए राती मृत्यु भएको हो।

श्री रात्री प्राथमिक विद्यालय गंगदीका कार्यालय सहयोगीका रूपमा काम गर्दै आएका चौधरीको शव परीक्षणका लागि लमही अस्पताल लग्ने तयारी भइरहेको प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभयो।

रातीको समयमा राप्ती नदिमा माछा मार्ने क्रममा उक्त घटना भएको र आफूहरु थप अनुसन्धान कै क्रममा रहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभयो।

Facebook Comments