• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकार महासंघ दाङ र दाङ उवासंघबीच मैत्रीपूर्ण फुटबल हुने




दाङ । गणतन्त्र राष्ट्रिय दैनिकको १७ औं वार्षिकोत्सवको अबसरमा र घोराही बनाऔं अभियानको समन्वयमा  नेपाल पत्रकार महासंघ दाङ शाखा र दाङ जिल्ला उधोग बाणिज्य संघबिच मैत्रीपूर्ण फुटबल प्रतियोगीता हुने भएको छ।

नवलपुर खेल मैदानमा भोलि सनिवार बिहान ७: ३० बजे हुने र सम्पुर्णलाई खेलाडीलाई मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी हुन पत्रिका प्रकाशक, सम्पादक एंव घोराही बनाऔं अभियानको संयोजक सविन प्रियासनले अनुरोध गर्नु भएको छ ।

गणतन्त्र राष्ट्रिय दैनिकले  हरेक बर्ष विभिन्न रचनात्मक काम गर्दै मनाउदै आएको र यस बर्ष मैत्रीपूर्ण खेलकूद प्रतियोगिता सहित   समृद्ध दाङ, सम्भावना र चुनौती विषयमा छलफल कार्यक्रम गर्ने,  विभिन्न क्षेत्रमा योगदान पुराउनु भएका व्यक्तित्वलाई सम्मान र पुरस्कृत गरिनेलगायतका कार्यक्रम तय गरिएको प्रियासनले बताउनुभयो । सद्भाव र भाइचाराको सम्बन्ध गराउने माध्यमका रुपमा रहेको र खेलले सबैलाई मिलन गराउने भन्दै मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको समेत बताउनु भयो ।

Facebook Comments