• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बाख्रा खाेर निर्माणका लागि किसानलाई जस्ता पात  वितरण




रुकुमपूर्व । नेपाल सर्वाङ्गिण विकास नेपालले  किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले भूमे गाउँपालिकाकाे वडा नम्बर ३ को माेराबाङमा  बाख्रा खाेर निर्माणकाे लागि जस्ता पाता  वितरण गरेको छ ।

वडाका ६ जना किसानलाई उनीहरुकाे माग उनुसारकाे जस्ता वितरण गरिएको सर्वाङ्गिण विकास नेपालले जानकारी दिएको छ ।जस्मा बाबुराम कवर,जगंबहादुर कवर ,सेरबहादुर कवर, झुल प्रसाद गुरुङ ,विकास सुनार,तुल प्रसाद सुनारलाई माग अनुसारको हुलास कम्पनीको ०.६४गेसकाे जस्ता पाता उपलब्ध बनाएकाे हाे।

पछिल्लो सयम बाख्रा पालक किसान व्यावसायिकतातर्फ उन्मुख भएका छन् । परम्परागत कृषि पद्धतिबाट मनग्गे आम्दानी नभएपछि कृषकहरु आधुनिक बाख्रा पालन व्यवसायतर्फ आकर्षित भएका हुन् ।
बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गरेकाे सस्थाकाे प्राविधिक पुर्ण बाहादुर बिकले बताउनु भएको छ।

Facebook Comments