• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गोग्ली टेक्निकल कलेजमा अखिल (क्रान्तिकारी)को नयाँ कार्यसमिति चयन




घोराही । नेकपा (माओवादी केन्द्र ) निकट अखिल (क्रान्तिकारी) गोग्ली टेक्निकल कलेजको भेला प्रशिक्षण तथा सम्मेलन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न संगठनको भेलाले गोबिन्द चन्दको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यस्तै भेलाले सुनिल ओलीलाई इञ्चार्जको जिम्मेवारी दिँदै अध्यक्षमा गोबिन्द चन्द, उपाध्यक्षमा हिमाल ओली र विशाल कामी, सचिबमा पुर्ण बहादुर डाँगी, सह-सचिव – एकराज केसी, कोषाध्यक्षमा वचन शाही लगायतको नयाँ कार्यसमिति चयन गरेको संगठनले जनाएको छ ।

अखिल (क्रान्तिकारी) दाङका जिल्ला संयोजक गिरबहादुर महराको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र ४ न वडा उपाध्यक्ष हिमाल पौडेल , अखिल (क्रान्तिकारी) दाङका कार्यालय सदस्य गोबिन्द मल्ल र अखिल (क्रान्तिकारी) दाङका प्राबिधिक धार प्रमुख लोकेन्द्र डाँगीले मन्तव्य राख्नु भएको थियो ।

Facebook Comments