• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा घुमन्ते व्यापारीलाई रोक




दाङ। बंगलाचुली गाउँपालिका क्षेत्रमा घुमुवा व्यापारीलाई रोक लगाइने भएको छ । बंगलाचुली गाउँपालिका, दाङ जिल्ला उद्योग वाणिज्य संघ र दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुली शाखाबिच विहीवार बंगलचुलीमा बसेको बैठकले घुमुवा व्यापारीमा रोक लगाउने निर्णय भएको हो ।

यस अघि बंगलाचुली गाउँपालिकाको गाउँ सभाले घुमन्ते व्यापारीलाई व्यापार गर्न दिने गरी कार्यविधि बनाएको थियो । यो कार्यविधिप्रति दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुली शाखाले असहमति जनाएको थियो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनले घुमन्ते व्यापारीहरूलाई व्यापार गर्न दिने गरी बनेको कार्यविधि संशोधन गरिने बताए । आगामी गाउँ सभाभन्दा अघि राजस्व परामर्श समितिको बैठकमा व्यापारी प्रतिनिधिको सहभागितामा उक्त कार्यविधि संशोधन गर्ने अध्यक्ष पुनले प्रतिबद्धता जनाए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जुन व्यवसाय गर्नका लागि स्वीकृति लिएको हुन्छ त्यही व्यापार मात्र गर्नु पर्ने र नेपाल सरकारको व्यावसायिक नियमभित्र रहेर मात्र व्यापार गर्नु पर्नेमा जोड दिए । सम्पूर्ण व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न जोशीले आग्रह गरे । दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले स्थानीय सरकार र व्यवसायीबिच सहकार्य गरी अनुगमन गर्ने, स्थानीय उत्पादनलाई बजारीकरण गर्नु पर्ने समेत बताए ।

छलफलमा बंगालाचुली गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष भक्तबहादुर जिसी, ३ नं. वडाका वडाध्यक्ष शोभाराज विश्वकर्मा, ५ का वडाध्यक्ष लिलेस घर्ती, ६ का वडाध्यक्ष डोमबहादुर खत्री, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष जोशी, महासचिव बुढाथोकी, सचिव विकास वली, कार्यसमिति सदस्य निमबहादुर बुढाथोकी र दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुली शाखाका कार्यवाहक अध्यक्ष कूलबहादुर वलीलगायतका पदाधिकारी र स्थानीय व्यापारीको उपस्तिथि रहेको थियो ।

Facebook Comments