• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पर्यटन प्रबद्र्धन गर्न जलाशयको सहर




घोराही । घोराही उपमहानगरपालिकाले नगरको चिनारीका लागि जलाशयको सहर नाम दिएर पर्यटन प्रबद्र्धन गर्ने प्रस्ताबलाई अघि बढाएको छ ।

नगरस्तरीय पर्यटन प्रबद्र्धन समितिको बैठकले नगरको चिनारीलाई जलाशयको सहरको नाम दिएर पर्यटन प्रबद्र्धन गर्ने प्रस्ताबलाई अघि बढाएको हो ।

समितिका संयोजक नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले नगरलाई जलाशयको सहर नाम दिने र आगामी दिनमा रणनीति तथा योजना तर्जुमा तयार पारेर नगर कार्यपालिका हुँदै नगरसभामा पेश गर्ने योजनाका साथ काम अघि बढाउने शाखा प्रमुख बालकृष्ण खनालले जानकारी दिनुभयो । त्यसैगरी बैठकले नगरभित्रका धार्मीक तथा ऐतिहासिक सम्पदाहरुको चिनारी र पर्यटन प्रबद्र्धन गर्नका लागि पर्यटन सर्किटको योजना तर्जुमा गरेर अघि बढ्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी नगर स्तरीय पर्यटन प्रबद्र्धन समितिको सदस्यमा संस्कृतबिद् सुन्दर गौतम र दाङ देउखुरी होटल व्यवसायी समितिलाई सदस्यमा मनोनित गरिएको छ । त्यस्तै माघ महोत्सवका लागि थारु कल्याणकारीणिसभा, माघे संक्रान्ती मनाउन नेपाल मगर संघ, श्रष्टासम्मान तथा काव्य उत्सव मनाउन राप्ती साहित्य परिषदलाई आर्थिक सहयोग गर्ने समेत निर्णय गरेको छ ।

Facebook Comments