• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यालयस्तरीय फुटबल प्रतियोगितमा जनज्योति प्रथम




घोराही । लुम्बिनी फुटबल एकेडेमीले आयोजना गरेको विद्यालयस्तरीय फुटबल प्रतियोगितामा घोराहीको जनज्योति विद्यामन्दिर प्रथम भएको छ । बिहीबार तुलसीपुरको दूधरासस्थित रंगशालामा दर्शक, समर्थकहरुले खचाखच भरिएको फाइनल खेलमा घोराहीकै पुलिस स्कूललाई पेनाल्टी सुटआउटमा ३ का बिरुद्ध ४ गोल गर्दै जनज्योति पहिलो भएको हो । दुबै पक्षका दर्शकहरुको बाक्लो उपस्थिति रहेको ३५/३५ मिनेटको फाइनल खेलमा जनज्योतिले पहिलो हाफको शुरुमै २ गोल गरेर टिमलाई अग्रता दिएको थियो । त्यसपछि आक्रामक बनेको पुलिस स्कूलले पहिलो हाफमै दुई गोल फर्काएर खेल बराबरीमा पुराएको थियो । त्यसपछि दोस्रो हाफमा दुबै टिमले गोल गर्ने प्रशस्त अवसरहरु सदुपयोग गर्न सकेका थिएनन् ।  पेनाल्टी सुटआउटमा जनज्योतिले लुम्बिनी फुटवल एकेडेमीले आयोजना गरेको पहिलो प्रतियोगितालाई आफ्नो पोल्टामा पारेको छ ।

जिल्लाका ४२ विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा सहभागी पहिलो, दोस्रो र सेमीफाइनलमा पुगेको दुई टिम गरेर निकट भविष्यमै हुने लुम्बिनी प्रदेशस्तरीय फुटवल प्रतियोगितामा समावेश गराउने लक्ष्य लिइएको लुम्बिनी फुटबल एकेडेमीका अध्यक्ष समिर वलीले बताए । प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार नगद, दोस्रो हुनेलाई २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

एकेडेमीका अध्यक्ष समीर वलीको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि दाङ युवा मञ्चका संस्थाक अध्यक्ष एवं नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष सविन प्रियासनले समृद्धिका लागि खेलकूदको विकास अनिवार्य हुनुपर्ने बताए । प्रमुख अतिथि प्रियासनले खेलकूदको विकासका लागि खेल शिक्षालाई राज्यले नीतिगतरुपमा प्रभावकारी योजना बनाएर लागू गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपालमा खेलकूदको विकास हुनसक्ने विश्वास व्यक्त गर्दै सबै पालिकाहरुले अहिलेको भन्दा पनि माथि उठेर खेलको विकासका लागि बजेट, योजना र कार्यक्रम बनाउनुपर्ने बताए । कार्यक्रममा दाङ जिल्ला खेलकूद विकास समितिका निमित्त कार्यालय प्रमुख राकेश परियारले खेलकूदको विकासका लागि सबैले साथसहयोग गर्नुपर्ने उल्लेख गरे ।

प्रतियोगिताको समापन कार्यक्रममा जनज्योति विद्यामिन्दरका प्रिन्सिपल दिव्य अधिकारी, पुलिस स्कूलका निमित्त प्रिन्सिपल मानबहादुर सिंह, प्रहरी निरीक्षक हेमराज घिमिरेलगायतको सहभागिता रहेको थियो । दाङ जिल्ला फुटबल संघको संयोजन एवं न्यू स्टार फुटवल एकेडेमीको व्यवस्थापनमा आयोजना गरिएको प्रतियोगिताको फाइनल कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई प्रशंसापत्र पनि प्रदान गरिएको थियो । प्रतियोगितामा विभिन्न उत्कृष्ट खेलाडीहरुलाई मेडल, प्रमाणपत्र, ट्रफी प्रदान गरिएको थियो ।

 

Facebook Comments