• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा फोहोर व्यवस्थापन गर्ने बिषयमा अभिमुखीकरण




घोराही । घोराही उपमहानगरपालिकाले फोहोर मैला व्यवस्थानमा काम गर्दै आएका कर्मचारीहरुलाई जोखिमजन्य फोहोर व्यवस्थापन गर्ने बिषयमा अभिमुखीकरण गरेको छ ।

नगरले गल्ने र नगल्ने फोहोर छुट्याउन नगरबासीहरुमा अनुरोध गरेको अबस्थामा त्यसको पालना भए नभएको निगरानी गर्न र सल्लाह दिन पनि सुझाब दिईएको छ ।

बाताबरण तथा विपद व्यवस्थापन समितिका संयोजक भानसिं बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले सफाई व्यवस्थान कर्मचारीहरुलाई अनुशासित र सजक भएर काममा खट्न सुझाब दिनुभयो । फोहोरमैला व्यवस्थान कार्यमा खट्नु जोखिमपूर्ण भएको भन्दै उहाँले साबधानी र होसियारीका साथ काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य शाखाका ठाकुर खनालले जोखिमजन्य फोहोर व्यवस्थानमा हुने जोखिम र ध्यान दिनुपर्ने कुराहरुका बारेमा जानकारी गराउनुभयो ।

कार्यक्रमको सहजिकरण शाखा प्रमुख लक्ष्मण अधिकारीले गर्नुभएको थियो । कर्मचारीहरुलाई सिसाजन्य, अस्पतालजन्य फोहोरहरुको व्यवस्थानमा अपनाउनु पर्ने साबधानिका बिषयमा सजकताका साथ काम गर्ने बिषयमा प्रशिक्षण दिईएको छ ।

Facebook Comments