• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एम्बुलेन्स चालकलाई कारबाहीको  माग गर्दै ज्ञापनपत्र




दाङ । दाङको बंगलाचुली गाउँपालिकाका एम्बुलेन्स चालकले विभिन्न समयमा लापरबाही गरेको भन्दै एम्बुलेन्स चालकलाई कारबाही हुनुपर्ने माग राख्दै पालिकाको स्वास्थ्य शाखामा स्थानीयले ज्ञापनपत्र बुझाएका छन् ।

बंगलाचुली गाउँपालिकाद्वारा संचालित रा १ झ १३२ नम्बरको एम्बुलेन्स चालकबाट विभिन्न समयमा  लापरबाही भएको हुँदा एम्बुलेन्स चालकलाई कारबाही हुनुपर्ने भन्दै एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष डोमबहादुर खत्री र बंगलाचुली गाउँपालिकाको स्वास्थ्य  शाखा प्रमुख नेवबहादुर केसीलाई स्थानीयले बिहिबार ज्ञापनपत्र बुझाएका हुन्  ।

ज्ञापनपत्र बुझाउँदै स्थानीय बिक्रम डाँगीले विभिन्न समयमा चालक गैरजिम्मेवार हुँदै आएको  बताए । उनले  यही पुष  १३ गतेका दिन  बंगलाचुली गाउँपालिका वडा नम्बर ४ फाँटा भन्ने  गाउँबाट साँझको ७ बजेको समयमा फोन गरेर बोलाउँदा पनि एम्बुलेन्सको चालकले रातिको समयमा आउन नसक्ने जानकारी गराउँदै आउन नमानेपछि घोराहीबाट एम्बुलेन्स बोलाउन बाध्य भएको   भन्दै एम्बुलेन्स चालकलाई कारबाही हुनुपर्नेमा जोड दिए ।

त्यस्तै स्थानीय मिनराज पुलामीले एम्बुलेन्स जस्तो संबेदनसिल साधन २४ सै घण्टा सेवामा हुनुपर्ने बताए । तर, चालकको गैरजिम्मेवार  हुँदा बंगलचुली गाउँपालिका बासीले एम्बुलेन्स सेवाबाट बारम्बार बन्चित भएको भन्दै सत्यतथ्य छानबिन गरी यथाशीघ्र कारबाहीको दायरामा ल्याउनुपर्नेमा उनको जोड थियो ।

ज्ञापनपत्र बुज्दै एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष डोमबहादुर खत्री र बंगलाचुली गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख नेवबहादुर केसीले मौखिक रूपमा जनगुनासो आएको र पटकपटक चालकलाई स्पष्टीकरण सोध्ने र सम्झाउने गरेको बताए । उनीहरूले फेरि पनि यस्तो घटना हुनु दु:खद् भएको भन्दै छिटै समितिको बैठक बसी उचित कारबाही प्रक्रियालाई अगाडि बढाउने जानकारी दिए ।

Facebook Comments