• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा घुमन्ते व्यापारीलाई रोक्ने सहमति




दाङ । बंगलाचुली गाउँपालिकाबाट घुमन्ते व्यापारीलाई व्यापार गर्न दिनेगरी गाउँसभाबाट कार्यविधि बनाएपछि दाङ जिल्ला उद्योग बाणिज्य संघ बंगलाचुली शाखाको असहमति जानएको थियो ।

उक्त बिषयमा आज बिहीबार बंगलाचुली गाउँपालिका र दाङ जिल्ला उद्योग संघ र बंगलाचुली शाखाबीच  बंगलचुलीमा बसेको बैठकले घुमन्ते व्यापारीलाई रोक्ने सहमति गरेको  हो ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले बिगतको गाउँसभाबाट पास हुँदै आएको हुँदा गाउँ सभा बाटैमात्र संशोधन गर्न मिल्ने भएको हुँदा आउने गाउँसभा हुनु भन्दा राजस्व परामर्शन समितिको बैठकमा व्यापारी प्रतिनिधि रहि उक्त कार्यविधि संशोधन गर्ने प्रतिबद्धता दिनुभएको छ ।

दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष वसन्त जोशीले  जुन व्यावसायी गर्नका लागि स्वीकृत लिएको हुन्छ त्यही ब्यापार मात्र गर्नुपर्ने र नेपाल सरकारको व्यावसायिक नियमभित्र रहेरमात्र व्यापार गर्नुपर्ने भन्दै   सम्पूर्ण व्यावसायी दर्ता गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेका थिए ।

दाङ जिल्ला उद्योग बाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले स्थानीय सरकार र व्यावसायी बिच सहकार्य गरि अनुगमन गर्ने, स्थानीय उत्पादनलाई बजारीकरण गर्नुपर्नेमा जोड दिएका थिए  ।

बंगालाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन, उपाध्यक्ष  भक्त बहादुर जिसी, वडा नम्बर १ का वडा अध्यक्ष शोभाराज विश्वकार्मा, ५ का वडा लिलेस घर्ती, ६ का वडा डोम बहादुर खत्री, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष वसन्त जोशी, महासचिव महेन्द्र बुढाथोकी , सचीव  विकास वली, कार्यसमिति सदस्य निमबहादुर बुढाथोकी र दाङ जिल्ला उद्योग बाणिज्य संघ बंगलाचुली शाखाका कार्यबाहक अध्यक्ष कुलबहादुर वली लगायत पदाधिकारी र स्थानीय व्यापारीको उपस्तिथि रहेको थियो ।

Facebook Comments