• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुरमा जनयुद्धको सम्मान तथा समाजवाद अध्ययन केन्द्रको भवन शिलान्यास




तलसीपुर । तुलसीपुरमा जनयुद्धको सम्मान तथा समाजवाद अध्ययन केन्द्रको भवन सिलन्यास गरिएको छ । उक्त भवनको राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा‘अपार’ले शिलान्यास गर्नुभएको छ । त्यस अवसरमा सांसद शर्माले तुलसीपुरमा जनयुद्ध संग्राहलयका रुपमा उक्त भवनको प्रयोग हुने कुराले जनयुद्धको सम्मान गर्ने बताउनुभयो ।

जनयुद्धले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनुकासाथै नयाँ संविधान जारी भइ कार्यान्वयनको चरणमा पुगेको बताए । यो उपलब्धीलाई जनतामाझ बुझाउन यो कार्यले मद्दत पुग्ने अपारको भनाई छ । बहुउद्देश्यीय साझा भवन भएकाले यो भवनलाई समयमा निर्माण पूरा गर्न जिम्मेवार निकायलाई आग्रह गर्नुभयो । सांसद शर्माका पहलमा संघीय सरकारको २५ लाख लागतमा उक्त भवन निर्माण सुरु भएको हो ।

 

केन्द्रका कार्यवहाक अध्यक्ष विरबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका निर्वाचन आयोग समिति संयोजक कुबेर वली, नेकपा क्रान्तिकारी माओवादीका नेता हिरामणी दुःखी, विप्वल निकट नेकपाका विजय मल्ल, तुलसीपुर उपमहानगरपालिका वडा नं.७ का वडाध्यक्ष रामबहादुर जीसीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.७ को गैरापातु स्थित राप्ती टोलमा उक्त भवन निर्माण सुरु भएको हो । सोही भवनकालागि लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले थप ५० लाख बजेट बिनियोजन गरेका छन् । कार्यक्रमको सहजीकरण निर्माण समितिका सदस्य भिमबहादुर खत्रीले गरेका थिए ।

Facebook Comments