• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुल एकेडेमीको उच्च गुणस्तर र सुरक्षित संरचना निर्माण हुँदै




घोराही । शैक्षिक शत्र २०८१ बाट पुर्ण रुपमा संचालनमा आउन लागेको गुरुकुल ऐकेडेमी तुलसीपुर र लमहीले आफ्ना भौतिक संरचनाहरु निर्माणलाई तिब्र रुपमा अगाडि बढाएको छ । तिब्र निर्माणसँगै बालबालिकाहरुको सुरक्षा सतप्रतिशतको लागि विद्यालयले निकै मजबुत तथा सुरक्षित संरचनाहरुको निर्माण गरेको छ ।

इन्जिनियरहरुको उच्च डिजाइन तथा निगरानि गर्दै मापदन्डमा रहेर निर्माण कार्य गरीएको छ । यस्तै बालबालिकाहरुको स्वास्थ्यमा पनि निकै संवेदनशिल भएको हुदा सिमित तापक्रम राखिराख्ने गरी विल्डिङका भवनहरुमा वाल लगाउने काम भईरहेको छ ।

विद्यालयले उच्च गुणस्तरको क्याभिटि वाल लगाएको छ । जसले गर्दा विद्यार्थीहरुको लागि गर्मीमा बाहिरको मौषम भन्दा ५ डिग्रि कम तापक्रम राख्ने काम गर्छ भने जाडो याममा ५ डिग्रि तापक्रम बढाउने इन्जिनियर सन्तोष भट्राईले जानकारी दिनुभयो । यसले विद्यार्थीहरुलाई गर्मी र जाडो दुबै मौषमको तापक्रमबाट जोगाउने स्पास्थ्यमा प्रतिकुल असर नपर्ने गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।

गुरुकुल एकेडेमीले विद्यार्थीहरुको भविष्यको ख्याल राख्दै पढाईमात्र नभई विद्यार्थीहरुको नैशर्गिक अधिकार र सर्वागिंन विकासको लागि विभिन्न अतिरीक्ति क्रियाकलाप गर्दै आएको छ । दाङ जिल्लाको एकमात्र सुबिधा सम्पन्न विद्यालय गुरुकुल एकेडेमी घोराहि , तुलसीपुर र लमहीमा यहि आउदो सरस्वति पुजाबाट अक्षरारम्भ सहित मन्टेस्वरीमा भर्ना संचालन हुँदै छ भने कक्षा ९ सम्म शैक्षिक सत्र २०८१ बैशाख बाट पुर्ण रुपमा भर्ना संचालन हुने छन् ।

 

Facebook Comments