• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बगर कृषि सहकारी संस्थाकाे १३ औं वार्षिक साधारणसभा




तुल बहादुर कवँर मगर
दाङ । राप्ती गाउँपनलिका वडा नं.५ सिसहनियाँमा रहेको बगर कृषि सहकारी संस्था लिमिटेडकाे १३ औं वार्षिक साधारणसभा बुधबार पिपरीमा सम्पन्न भएको छ।

संस्थाकी अध्यक्ष सावित्री चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष कमलापती चाैधरीकाे विशिष्ट आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हाे।

साे अवसरमा बाेल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सहकारी आर्थिक विकासको महत्वपूर्ण माध्यम भएको बताउँदै उत्पादन मुलक क्षेत्रमा लगानी गरी मुलुकलाई आत्मनिर्भर तर्फ लैजानुपर्ने बताउनुभयो ।

किसानहरुले माैसमी तरकारी खेती गर्दा उचित मूल्य र बजार नपाउने भएकोले बेमौसमी खेती तर्फ अग्रसर हुन उहाँले सहभागी कृषकहरू लाई आग्रह गर्नुभयो ।

त्यस्तै उहाँले पछिल्लो समय उत्पादन वृद्धि गर्ने नाममा विभिन्न खेतीमा रासायनिक मल र विषादीकाे जथाभावी प्रयोग भई रहेको भन्दै त्यसको साटो प्राङ्गारीक मलकाे प्रयोग गरि अर्गानिक खेतीपाती गरे त्यस्ता कृषकलाई पालिकाले सहयोग गर्ने समेत बताउनुभयो ।

त्यस्तै पालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले सहकारीमा बचत, कर्जा तथा लगानी लाई नीति बनाई अघि बढ्नुपर्ने बताउनु भयो ।

महिला सशक्तिकरणका लागि सहकारी उपयुक्त माध्यम भएको बताउदै उहाँले महिलाहरु सहकारीमा आवद्ध भई विस्तारै आर्थिक पक्षमा बलियो हुँदै गएको समेत बताउनुभयो ।

साधारणसभामा सहसचिव नीमा चाैधरीले वार्षिक प्रतिवेदन र काेषाध्यक्ष दयावती चाैधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

साे अवसरमा संस्थाले संस्थामा आवद्ध असल बचतकर्ता,जेष्ठ नागरिक ,एकल महिला र असल कृषकहरुलाई कृषि औजारहरु प्रदान गरि सम्मान गरिएको थियो ।

राप्ती गाउँपालिकाका नाै वटै वडा र लमही नगरपालिकाकाे एउटा वडा कार्य क्षेत्र रहेको संस्थामा ३ सय ५० भन्दा बढी शेयर सदस्य आवद्ध रहेकाे बताइएको छ।

संस्थाकि उपाध्यक्ष कल्पना आचार्यकाे स्वागत मन्तव्य बाट शुरुभएको कार्यक्रमकाे सहजीकरण संस्थाका सचिव दलबहादुर घर्तीले गर्नु भएको थियो ।

Facebook Comments