• १ कार्तिक २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेकपा एमाले रुन्टीगढीले पार्टी भेला तथा प्रशिक्षण गर्दै




कमल खड्का
होलेरी । नेकपा एमाले रुन्टीगढी गाउँकमिटीले पौष २३ गते पार्टी भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

उक्त भेला तथा प्रशिक्षण कार्यक्रम अवसरमा पारेर नेकपा एमाले पार्टी कार्यालय समेत उद्घाटन गर्ने गाउँ कमिटी अध्यक्ष अमराज बस्नेतले जानकारी दिनु भएको छ । कार्यक्रम रुन्टीगढी गाउँपालिका नेकपा गाउँकमिटीको अध्यक्ष अमराज बस्नेतको अध्यक्षतामा हुने भएको छ।

कार्यक्रम लाई संबोधन गर्न पोलिट ब्युरो सदस्य गोकुल घर्ती, पाटि केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य इश्वरी घर्ति, लुम्बिनी प्रदेश सभा सदस्य यमुना रोका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज जीवन गौतम, प्रदेश कमिटिका पदाधिकारी,लिल्ला कमिटिका पदाधिकारी लगाएको उपस्थिति रहने भएको छ ।

कार्यक्रममा सहभागीताको लागि नेकपा एमाले,टोलकमिटीका पदाधिकारीहरु वडा कमिटी, पालिका कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी,केन्द्रीय कमिटी, शुभचिन्तक, सहिद परिवार,तथा सबै जनबर्गिय संगठनहरुलाई अनुरोध गरिएको छ। कार्यक्रम रुन्टीगढी गाउँपालिकाको सभाहलमा हुने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो।

Facebook Comments