• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनीस्तरीय पिएम कपका लागि सुशान्त सिंह थापाको कप्तानीमा दाङको टिम घोषणा




दाङ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी  प्रदेशस्तरीय छनोट खेल्ने दाङको टिम घोषणा भएको छ ।

सुशान्त सिंह थापाको कप्तानीमा १४ सदस्यीय र ४ बैकल्पिक सहित टिम घोषणा गरिएको हो । पुस ६ गते जिल्लामा सक्रिय रहेको ९ क्लबलाइ घोराही, देउखुरी र बबई क्रीकेट मैदानमा १४ वटा ५० ओभरको खेल सन्चालन गरि उत्कृष्ट खेल्ने ३९ जना खेलाडी लाई ३ टिम बनाई थप ४ वटा म्याच बाट  उत्कृष्ट  खेल प्रदर्शन गरेका आधारमा टोली घोषणा गरिएको दाङ जिल्ला क्रिकेट संघका सचीव सन्जु  केसीले जानकारी दिए ।

टिममा बिराट सिंह भण्डारी (उपकप्तान) , मोहन खत्री , शिशिर डि.सी., वृशभ सेन्चुरी, मनोज पुन,  आशिष वली,  शंकर बुढा, विर बहादुर घर्ती,  विनोद वि.क., किसन भारती, मिलन बुढाथोकी, सुजल वली,शुभम खनाल रहेका छन्  । यस्तै वैकल्पिक खेलाडीमा राज कुमार कुमाल, करण घर्ती मगर, हेमराज राना र थम्मन वली रहेका छन् । दाङ्ले पुष १९ गते बर्दिया संग खेल्दै प्रतियोगिता सुरुवात गर्ने छ ।

Facebook Comments