• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा दुधको खपत बढाउन छुर्पी उत्पादन




घोराही। दाङमा दुधको खपतलाई बढाउन छुर्पी उत्पादन गर्न थालिएको छ । खास गरी चिसो मौसममा जिल्लामा हुने दुधको बिक्री समस्यालाई हटाउन दुध प्रशोधन केन्द्र तथा डेरी उद्योगहरूले छुर्पी उत्पादन गर्न थालेका हुन ।

दुध बिक्रीसँगै छुर्पी उत्पादन गर्दा चिसो मौसममा हुने दुधको बिक्री समस्यालाई कम गर्न मद्दत पुग्ने गरेको गौरव दुग्ध उत्पादन तथा प्रशोधन केन्द्र राजपुरका सञ्चालक शोभाकर घिमिरे बताउँनुहुन्छ । कार्तिकदेखि माघ–फागुनसम्मको चिसो मौसममा दुधको खपत कम हुने र यो समयमा अन्य समयको तुलनामा जिल्लामा दुध समेत बढी उत्पादन हुने भएकाले बिक्रीमा समस्या हुने गरेको छ । दुध बिक्रीमा समस्या हुन थालेपछि जिल्लाका व्यवसायीले चिसो मौसमा छुर्पी उत्पादन गर्न थालेको सञ्चालक घिमिरे बताउँनुहुन्छ ।

जिल्लामा दुधको खपत कम हुँदा किसानबाट संकलन गरेको दुधबाट छुर्पी उत्पादन गरेर जिल्लासँगै काठमाडौंसम्म बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । सञ्चालक घिमिरेले भन्नभुयोे,‘गर्मी मौसमको तुलनामा चिसो मौसममा दुधको खपत कम हुने गरेको छ । जसले गर्दा डेरी उद्योगले किसानसँग दुध खरिद गरेर छुर्पी बनाएर बिक्री गर्दै आएका छौँ ।’ यसरी उत्पादन गरिएको छुर्पी प्रतिकिलो एक हजार रुपैयाँका दरले बिक्री हुने गरेको उहाँले बताउनुभएको छ ।

छुर्पी उत्पादन गर्दा जिल्लामा नियमित रूपमा दुध व्यवसायमा संलग्न किसानलाई फाइदा हुने गरेको छ । सञ्चालक घिमिरेले भन्नुभयो,‘गर्मी मौसममा दाङका विभिन्न ठाउँसँगै प्युठानसम्म दुध पु¥याउँछौँ तर अहिले जाँदैन । बाहिर दुध नजाँदा किसानलाई समस्या पर्ने गरेको थियो । त्यो समस्यालाई मध्यनजर गरेर चिसो मौसममा छुर्पी बनाएर बिक्री गर्ने गरेका छौँ ।’ यो मौसममा जिल्लाबाट २५ देखि ३० क्विन्टलसम्म छुर्पी बिक्री हुने गरेको छ । यो मौसममा घोराही,तुलसीपु र देउखुरीमा रहेका अन्य डेरी उद्योगहरुले पनि छुर्पी उत्पादन गर्ने गरेको उहाँ बताउँनुहुन्छ ।

दुग्ध उत्पादन तथा प्रशोधन केन्द्रका सञ्चालक घिमिरेका अनुसार यो केन्द्रले राजपुरमा दैनिक एक हजार लिटर दुध सङ्कलन गरेर छुर्पी बनाउने गरेको छ । गाउँमा दुग्ध उत्पादन तथा प्रशोधन केन्द्र सञ्चालनमा आएपछि किसानलाई सहज भएको दुध व्यवसायी तथा भैँसी स्रोत केन्द्र राजपुरका अध्यक्ष परशु यादव बताउँनुहुन्छ । पहिले दुध बिक्रीका लागि बोकेर बजारसम्म जानुपर्ने बाध्यता भएपनि अहिले सहज भएको उहाँ बताउनुहुन्छ । तर पछिल्लो समय दानालगायतका सामग्री महँंगिए पनि दुधको मुल्य नबढ्दा भने व्यवसायी समस्यामा भएको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो,‘गाउँमै दुग्ध उत्पादन तथा प्रशोधन केन्द्र नहुँदा चिसो मौसममा किसानलाई दुध बिक्रीका लागि आफै बजारसम्म लग्नुपर्ने बाध्यता थियो तर अहिले गाउँबाटै बिक्री हुने गरेको छ ।’ दुधको उचित मुल्य नपाउँदा अहिले पनि कतिपय किसान दुध बिक्रीकै लागि लमही तथा घोराही बजारसम्म पुग्ने गरेको उहाँ बताउँनुहुन्छ । गाउँमा भैँसी स्रोत केन्द्र स्थापना भएपछि गोठ सुधार,औषधी उपचारलगयात लगायतका किसानलाई सहज घास खेती गर्ने बारेमा किसानले सहयोग पाउँदा भैसीपालनकालागि सहजता भएको उहाँ बताउँनुहन्छ ।

उहाँका अनुसार राजपुरमै दुग्ध उत्पादन तथा प्रशोधन केन्द्रले ५०÷६० रुपैयाँसम्म प्रतिलिटर बिक्री हुने गरेपनि बजारसम्म लैजाँदा ७० देखि ८० रुपैयाँसम्म प्रतिलिटर दुध बिक्री हुने गरेको किसान बताउँनुहुन्छ । भैसी श्रोत केन्द्र समितिअन्तर्गत राजपुर गाउँपालिका वडा नं. ३ र ४ मा एक सय बढी परिवारसँग ५ सय बढी भैँसी रहेको भैँसी स्रोत केन्द्रका अध्यक्ष यादवले बताउँनुहुन्छ । उहाँका अनुसार प्रत्येक घरमा दुई वटादेखि ४० वटासम्म भैसीपालन गर्ने गरेका छन् ।

Facebook Comments