• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी मन्दिरमा संचालित महायज्ञकाे आम्दानी खर्च सार्वजनिक




घाेराही। दाङको घाेराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरस्थित धार्मिक तथा ऐतिहासिक अम्बिकेश्वरी मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यसहित स्वागतद्वार निर्माणका लागि अायाेजित श्रीमद वाल्मीकि राम कथा नवाह महायज्ञबाट ३५ लाख ३८ हजार २ सय १५ रुपैयाँ संकलन भएको छ ।

अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्द्धन समितिकाे अायाेजनामा गत असाेज २८ गतेदेखि कार्तिक ६ गतेसम्म ९ दिन संचालित महायज्ञमा कुल ४ सय २० जना दानदाताबाट साे नगद रकम संकलन भएको साेमबार मन्दिर परिसरमा अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्द्धन समिति तथा महायज्ञ मूल अायाेजक समितिले पत्रकार सम्मेलन गरि जानकारी गराएकाे हाे ।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष एवम् महायज्ञ मुल समाराेह समिति संयोजक कुमुद पोख्रेलकाे अध्यक्षता तथा वडा नम्बर १८ का वडा अध्यक्ष भरतमणि अर्यालकाे प्रमुख अातिथ्यमा पत्रकार सम्मेलन गरेर दान तर्फ ३४ लाख ७५ हजार १ सय २५ रुपैयाँ र शान्ति कलश बिक्रीबाट ६३ हजार ९० रुपैयाँ गरी ३५ लाख ३८ हजार २ सय १५ रुपैयाँ संकलन भएको अार्थिक संकलन समिति संयाेजक गाेविन्द पाैडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, महायज्ञमा विभिन्न २२ शीर्षकमा १७ लाख ७५ हजार रुपैयाँ खर्च भएको छ । जसमा सबैभन्दा धेरै कलाकार पारिश्रमिक ६ लाख खर्च भएको छ भने टेन्टमा ५ लाख ४० हजार, पूजा सामग्री १ लाख ३० हजार ४ सय ५५, फ्रेम खरिद ७८ हजार १ सय ८०, पण्डित दक्षिणा ८५ हजार, कलश खरिद ४९ हजार ४ सय ३४ रुपैयाँलगायत अावश्यक शीर्षकमा खर्च भएको अार्थिक समिति संयाेजक पाैडेलले अाम्दानी खर्च भएको जानकारी गराउनुभयाे ।

महायज्ञमा संकलित अाम्दानीबाट सबै खर्च कटाएर हाल १७ लाख ६३ हजार २ सय १५ रुपैयाँ वचत भएको पनि साे अवसरमा जानकारी गराईएकाे छ । साे रकम मन्दिर व्यवस्थापन समितिकाे घाेराहीस्थित कुमारी बैंकमा रहेकाे खातामा दाखिला गरिएको पनि उहाँले बताउनुभयो ।

अम्बिकेश्वरी मन्दिरकाे प्रचार प्रसार गर्न र यसकाे धार्मिक, सांस्कृतिक महत्त्व बारे जानकारी गराउँदै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ संचालित महायज्ञबाट उठेकाे रकमबाट अब तत्कालै काम थालनी हुने बताईएकाे छ । मितेरी अस्पताल नजिक मन्दिरकाे भव्य स्वागतद्वार निर्माण गर्न मन्दिर व्यवस्थापन समिति सल्लाहकार नारायणप्रसाद अधिकारीकाे संयाेजकत्वमा समिति गठन गरिएको छ ।

साे अवसरमा, वडा अध्यक्ष अर्यालले अम्बिकेश्वरी मन्दिरकाे विकासका लागि वडा र पालिकाका तर्फबाट सक्दाे सहयाेग रहने प्रतिवद्धता जनाउनुभयाे । मन्दिरकाे गरिमालाई माथि उठाउन सबै जुटेर अघि बढ्न पनि अपिल गर्नुभयो ।

अम्बापुर खानेपानी संस्थाका अध्यक्ष
बासुदेव रिजालले दाताहरुकाे अास्था र विश्वास कायम राख्न लक्षित काम तत्काल थालनी गर्न सुझाव दिनुभयो ।

मन्दिरकाे महत्त्व जनमानस तथा भक्तजनमा पुर्याउन हरेक वर्ष महायज्ञ चलाउन अावश्यक रहेकाे उहाँको धारणा थियाे ।
स्थानीय महेन्द्र खनालले मनकारीलाई भाेलिका दिनमा पनि सहयाेग गर्न चाहेमा सहयाेग गर्ने वातावरण बनाई राख्न सुझाव दिनुभयो ।
पत्रकार सम्मेलनमा वडाका जनप्रतिनिधि, कथा वाचक काेमल उपाध्याय, मन्दिर व्यवस्थापन समिति पदाधिकारी, महायज्ञ समिति सदस्य, स्थानीय समाजसेवीहरुकाे पनि उपस्थिति थियाे ।
महायज्ञ सफल बनाउन सहयाेग गर्नुहुने सबैलाई
मन्दिर व्यवस्थापन समिति एवम् महायज्ञ मुल समाराेह समितिले अाभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेकाे छ । पत्रकार सम्मेलनकाे सहजीकरण मन्दिर व्यवस्थापन समिति सचिव दामाेदर भुसालले गर्नुभएको थियाे ।।

Facebook Comments