• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बालकुमारी घटना: मृतकका परिवारलाई दश लाख क्षतिपूर्ति, छानविन र कारवाही प्रक्रिया सुरु




काठमाडौँ, १४ पुस : सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा शुक्रबार भएकोे घटनामा परी निधन भएका दुई युवकका परिवारलाई क्षतिपूर्तिस्वरुप जनही रु १० लाख उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राससलाई जानकारी दिनुभयो । उक्त घटनामा परी दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको निधन भएको थियो । सरकारले मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले जानकारी दिनुभयो ।

उक्त घटनामा परी घाइते भएकाको उपचारको प्रबन्ध सरकारले मिलाउने भएको छ । घाइतेको उपचारका लागि अर्थमन्त्रालयले गृह मन्त्रालयलाई आवश्यक बजेट उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । साथै सरकारले शान्तिसुरक्षा कायम गर्न सबैलाई आग्रह गरेको छ ।

उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले शुक्रबार नै समिति गठन गरेको जानकारी दिँदै मन्त्री शर्माले भविष्यमा यस्ता घटना हुन नदिनेतर्फ सरकार सचेत रहेको बताउनुभयो । फरक एक प्रसङ्गमा मन्त्री शर्माले सङ्घीय निजामती ऐन, सङ्घीय प्रहरी ऐनलगायत सङ्घीयता कार्यान्वयनसँग जोडिएका ऐनलाई शीघ्र जार गर्न प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी दिनुभयो । सातै प्रदेशका मुख्यमन्त्रीले आज प्रधानमन्त्रीलाई भेटेर सङ्घीयता कार्यान्वयनका निम्ति आवश्यक कानुन तत्काल जारी गर्न माग गर्नुभएको थियो ।
सरकारले ललितपुरको बालकुमारीमा घटनाको निष्पक्ष छानबिनका लागि एक उच्चस्तरीय समिति गठन भई कार्यारम्भ गरिसकेको स्पष्ट पारेको छ ।

सो घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन अनुसार पूर्णरुपमा कार्यान्वयन गर्ने विश्वाससमेत दिलाएको छ । शुक्रबार ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका समयमा हुन गएको अप्रत्याशित घटनामा अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको मृत्यु भएको गृह मन्त्रालयले स्पष्ट पारेको छ ।

सो घटनाका सम्बन्धमा गृह मन्त्रालयले निधन भएकाहरु श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । सरकारका तर्फबाट मृतकका परिवारलाई प्रतिपरिवार रु दश लाख राहत उपलब्ध गराउने निर्णय आजैको मन्त्रिपरिषद्को बैठकले गरिसकेको छ ।

छानबिन समितिले काम गरिरहेकाले सो समितिले दिने प्रतिवेदनअनुसार कार्यान्वयन गरिने भएकाले छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलान खटिएका सुरक्षा अधिकारीलाई फिर्ता बोलाई निलम्बन गरिएको छ ।

ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै, इपिएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय भइसकेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ ।

घटनाका सन्दर्भमा गृह मन्त्रालय अत्यन्त संवेदनशील रहेको स्पष्ट पार्दै विज्ञप्तिमा उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आफ्ना विषय शान्तिपूर्ण रुपमा राख्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्न सरकार निरन्तर लागि परेको स्पष्ट पारेको छ ।

Facebook Comments