• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढी गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न




होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकाले १५ औं गाउँसभा सम्पन्न गरेको छ । पालिकाले शुक्रबार एक कार्यक्रमका बीच सो गाउँसभा सम्पन्न गरेको हो ।

केही ऐन तथा योजना कार्यक्रमहरु संसोधन गरि सभाले पारित गरेर गाउँसभा सम्पन्न गरेको हो ।यस गाउँसभालाई हिउदे गाउँ सभाको रुपमा पनि बुझ्ने गरिन्छ ।

उक्त गाउँ सभामा सहकारी ऐन २०७५ लाइ कार्यक्षेत्र फेरबदल गरि संसोधन गर्न बनेको बिधेक २०८० सभाले पारित गरेको छ ।

त्यसैगरि केही योजना तथा कार्यक्रमहरु संसोधन गरेर सभामा पेस गरे पछि उक्त सभाले संसोधित योजना तथा कार्यक्रमहरु पारित गरेको छ । सभामा समग्र खर्च प्रतिशत समेत प्रस्तुत गरिएको थियो । जस अन्तरगत चालु तर्फ समग्र १५ औं गाउँसभा हुदा सम्म १९.९० प्रतिशसत मात्र खर्च भएको जानकारी प्राप्त भएको छ ।

रुन्टीगढी गाउँपालिका वडा नं. ६ का अध्यक्ष घन बहादुर घर्तीको शुभकामान मन्तव्यबाट शुरु भएको गाउँसभा गाउँपालिका अध्यक्ष जनक पुनको सभा अध्यक्षतामाह भएको थियो ।

Facebook Comments