• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा हत्या गरी कोइला खानिमा लुकाइएको अवस्थामा एक पुरुषको शव फेला




दाङ । दाङको बंगलाचुली गाउँपालिकामा एक पुरुषको हत्या भएको छ । जिल्लाकाे घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघरा निवासी शिवराज केसीको हत्या भएको हाे । केसीलाई हत्या गरी बंगलाचुली गाउँपालिका वडा नम्बर ४ को गदारी र फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र शव लुकाइएको अवस्थामा फेला पारेको स्थानीय अगुवा विक्रम डाँगीले जानकारी दिनुभयो । मृतक केसी घाेराही स्थित अघरा टाेल विकास संस्थाका अध्यक्ष समेत हुनुहुन्थ्यो । मृतक शिवराज केसी यहि पुष ८ गते घरदेखि बंगलाचुली जान्छु भनि हिडेको र सोहि दिन नै हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

यसैविच हत्या आराेपमा दुईजनालाई नियन्त्रणमा लिईएकाे छ । केसीको हत्या आरोपमा बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारी निवासी वर्ष ४३ का शेर बहादुर कवर र उनकि श्रीमती दिपा कवरलाइ भारतको नयाँ दिल्ली बाट नियन्त्रणमा लिईएकाे छ ।

उनिहरुलाई भारतिय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाइ बुझाइसकेको बताइएको छ ।मृतक केसीलाई हत्या गरि कोइला खानीको करिव ५० मिटर  सुरुङ भित्र  लुकाएको भन्ने हत्या आराेपितकाे बयानकाे आधार खाेजतलास गर्दा साेहि स्थानमा शव   फेला पारिएको हाे ।

मृतक केसीको शवलाई जिल्ला प्रहरी कार्यालय दाङबाट आएको प्रहरी टोली, स्थानियबासी र जनप्रतिनिधिको टोलिले मुचुल्का तयार पारी राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पोष्टमाटमको लागि लगेको प्रहरीले बताएको छ । आर्थिक लेनदेनको कारण हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।

 

Facebook Comments